दाङ,११ वैशाख २०८३ शुक्रवार | दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार राजपुर गाउँपालिका ४ दुलैया बस्ने ४२ वर्षिय राजु भण्डारीको घरको छतबाट खसेर मृत्यु भएको हो ।भण्डारी अम्बा टिप्ने क्रममा घरको

छतबाट खसेर गम्भीर घाइते भएका थिए। उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
