ओली हटाउने बारे पोख्रेल र पौडेल सहमती नजिक,यस बारे मलाई केही थाहा छैन दाङ जिल्ला अध्यक्ष-आचार्य

काठमाडौं १ बैशाख २०८३ मंगलवार | नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पार्टी पुनर्गठन गर्ने बारे नयाँ समझदारी नजिक पुगेका छन्। एमालेका एक पदाधिकारी तहका नेताले दिएको जानकारी अनुसार उपाध्यक्ष पौडेल र

महासचिव पोखरेलबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्माजनक बिदाइका लागी आग्रह गर्ने र पार्टी पुनर्गठन गर्ने विषयमा छलफल भएको छ। नेतृत्व पुनर्गठनको विषयमा महासचिव पोखरेल पनि सकारात्मक हुनुहुन्छ। उहाँहरू छिट्टै नयाँ

समझदारीमा पुग्ने सम्भावना बढेको छ,’ ती नेताले दाबी गरे। यही बिषयमा हामीले नेकपा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्य लाई टेलिफोन सम्पर्क गरेर के महासचिव पोख्रेल र उपाध्यक्ष पौडेल पार्टी नेतृत्व परिवर्तन गर्ने सवालमा एकमत भएकै

हुन् त्? भनी प्रश्न गर्दा यो बारे आफुलाई केही थाहा नभएको कुरा बताए | यस बारे त देशका जिम्मेवार संचारमाध्यममा समाचार समेत प्रकाशन प्रसारण भई सकेको कुरा हजुरलाई किन थाहा न भा होला भनेर हामीले प्रती प्रश्न गर्दा यो बारे तिनै संचारमाध्यमले जानुन भन्ने जवाफ फर्काए |

प्रतिक्रिया