आत्तिए प्रचण्ड,भने:निष्पक्ष रुपमा मेरो सम्पत्ती छानबिन होस

काठमाडौं १५ चैत २०८२ आइतवार। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले सबैबारे निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।सरकारले सम्पत्ति शुद्धीकरणमा उनीमाथि समेत अनुसन्धान अघि बढाएपछि प्रचण्डले

यस्तो प्रतिक्रिया दिएका हुन् । पार्टी केन्द्रीय कार्यालयमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अनुसन्धान स्वतन्त्र हिसाबले अघि बढ्नुपर्ने बताएका हुन् । ”कहीँ कतै राजनीतिक आग्रह पूर्वाग्रह नहोस् । निष्पक्षता कायम होस् र स्वतन्त्र ढंगले

अनुसन्धान होस्,” उनले भने ।सरकारले १०० कार्यसूची सार्वजनिक गर्दै पहिलो चरणमा २०६२/२०६३ यता सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने भनेको थियो । त्यस अनुसार पूर्वप्रधानमन्त्री त्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको हो ।

प्रतिक्रिया