निर्दयी र निर्लज्ज नगर प्रमुख,लतरिदै लतरिदै ३ पटक बैंकमा गएँ तर भत्ता आया रईन्च,मृत्यु निश्चित भएका विपन्न वर्गका नागरिकको भनाई

तुलसीपुर ७ फागुन २०८२ बिहिवार | मृत्यु निश्चित भई सकेका,मृत्यु पर्खेर बसेका तुलसीपुर उपमहानगरका नागरिक हरुले तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खडका लाई निर्दयी र निर्लज्ज नगर प्रमुखको संज्ञा दिएका छन् | यस्तो संज्ञा

दिनेहरुमा निको नहुने रोग लागेर मृत्यु पर्खेर बस्न वाध्य भएका तुलसीपुर उपमहानगरपालिका भित्र बसोबास गर्दै आईरहेका १०२ जना विपन्न नागरिकहरु रहेका छन् | नेपाल सरकारले २०७८ सालमा जारी गरेको विपन्न वर्गका नागारिक औषधी उपचार सहयोग कार्यविधीमा टेकेर तुलसीपुर उपमहानगरले ४ वर्ष पछी तुलसीपुर उपमहानगरपालिको मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र रुदण्ड पक्षघातका विपन्न व्यक्ति पहिचान प्रमाणपत्र पाएका बिरामीलाई औषधि उपचार वापत खर्च उपलब्ध गराउने सम्बन्धि कार्यविधि २०८१ भन्ने नाम गरेको कार्यविधी जारी गरेको थियो | सो ही कार्यविधी अनुसार उपमहानगरमा बसोबास गर्ने १०२ जना विपन्न वर्गका नागरिकहरु क्रमश: क्यान्सर रोगी,मेरुदण्ड

भाँचिएका रोगी,मृगौला प्रत्यारोपण गरेका रोगी र नियमित डाईलासिस गराई रहेका गरिब विपन्न नागरिक हरुलाई उपचार र जिबन निर्वाह भत्ता मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने ब्यब्श्था गरेको थियो | तर त्यो उपचार निर्वाह भत्ता विगत ६ महिना देखी ती विपन्न बिरामी नागरिकहरुले उपमहानगर बाट नपाएको कुरा खुल्न आएको छ | २०८१ कार्तिक ७ गते कार्यविधी जारी

गरेको उपमहानगरले त्यो वर्ष ती विपन्न बिरामी नागरिक हरुलाई ५ महिनाको जिबन निर्वाह भत्ता प्रदान गर्नुपर्ने भए पनी २ महिनाको रकम १० हजार रुपैयाँ मात्रै उपलब्ध गराएको थियो भने चालु आ व २०८२ मा अहिले सम्म ७ महिनाको जिबन निर्वाह भत्ता प्रदान गर्नुपर्नेमा केवल १ महिनाको रकम ५ हजार रुपैयाँ मात्रै उपलब्ध गराएको छ | उपमहानगरले जारी गरेको कार्यविधी

२०८१ को परिच्छेद ३ को दफा ६ मा विपन्न वर्ग छनौटमा पर्न र औषधी उपचार र जिबन निर्वाह भत्ता पाउन १२ वटा अवश्था लाई आधार मान्ने ब्यबश्था रहेको छ भने सो ही अनुसार पहिला आ-आफ्ना वडा बाट सिफारिस भई जानुपर्ने ब्यबश्था छ | वडा बाट विपन्न वर्ग नागरिक सिफारिस गर्न उपमहानगरको प्रत्येक वडामा वडा अध्यक्षको संयोजकत्वमा ३ सदस्यीय सिफारिस

समीतीहरु छन भने अन्तिम निर्णयका लागी उपमहानगरमा नगर प्रमुखको संयोजकत्वमा ७ सदस्यीय समिती रहने ब्यबश्था तुलसीपुर उपमहानगरपालिको मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विपन्न व्यक्ति पहिचान प्रमाणपत्र पाएका बिरामीलाई औषधि उपचार वापत खर्च
उपलब्ध गराउने सम्बन्धि कार्यविधि २०८१
मा रहेको छ | मलाई पोहोर भत्ता पाउन बैंकमा अनिवार्य खाता खोल्नु पर्छ भने,

खाता खोल्न बैंक जाँदा अनिवार्य रास्ट्रीय परिचय पत्र मागे,रास्ट्रीय परिचय पत्र बनाउन ७ घण्टा ईलाका प्रशासनमा लाईनमा उभिए झन्डै त्यही मुर्छा परेन क्यान्सर रोग बाट थलिएकी तुलसीपुर ३ की नन्दकला बुढा मगरले हाम्रा संवाददाता संगको कुराकानीमा रुदै भनिन | बरु मरे मरुम्ला अब त् म भत्ता माग्न जान्न अरुलाई पनी नजाउ भन्छु उनले अगाडी थपिन | भत्ता आयो

की भनेर ३ पटक लत्रिदै बैंकमा गएँ तर बैंकका कर्मचारीले यो किसिमको भत्ता अझै आया छैन भन्ने जवाफ दिए त्यस पछी मैले जान छोडेकी छु नाम नबताउने शर्तमा तुलसीपुर १८ की क्यान्सर पिडित एक महिलाले हामी संग भनिन | यता तुलसीपुर उपमहानगरपालिकामा जनताका काम गर्न भनी निर्वाचित भई त्यहाँ गएका जनप्रतिनिधी हरुले भने आफुले पाउने सेवा सुबिधा

मासिक रुपमा बुझ्दै आएको कुरा खुल्न आएको छ | उपमहानगरको आर्थिक ब्यबश्थापन लेखा शाखाले यस्तो जानकारी दिएको हो | लेखा शाखाका अनुसार ९९ जना जनप्रतिनिधी हरुको सेवा सुविधा खर्च मासिक १८ लाख २ हजार रुपैयाँ भुक्तानी हुँदै आएको देखिएको छ | हामीले यही बिषयमा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खडका लाई फोन गरेर

तपाईहरुले मासिक रुपमा भत्ता खाई रहने तर मृत्यु निश्चित भई सकेको,मृत्यु लाई पर्खेर बसेका नगरवासी विपन्न गरिब नागरिक हरुलाई दिने भनिएको जिबन निर्वाह भत्ता किन नदिएको? भनी प्रश्न गर्दा संघीय सरकार बाट पैसा नआएकाले दिन सकेका छैनौ भन्ने जवाफ फर्काए | अनी तपाई हरुले खाने भत्ता चैं किन आई रा छ त् भन्ने हाम्रो थप प्रश्नमा उनी केही बोल्न चाहेनन |

प्रतिक्रिया