पैदल यात्रु लाई कुटपिट गर्ने पारस बम प्रहरी नियन्त्रणमा

काठमाडौ, ५ फागुन २०८२ मंगलवार । काठमाडौँमा एकजना कार चालकले पैदलयात्रुलाई सडकमा ओर्लेर कुटेको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनीलाई केही घण्टा भित्रै पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी

कार्यालयका प्रमुख, एसएसपी नवराज अधिकारीका अनुसार बैतडी घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय पारस बमलाई नियन्त्रणमा लिइएको छ । उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको छ । भाइरल भिडियोमा

देखिन्छ कि बमले ट्राफिक जामको समयमा कारबाट ओर्लेर पैदलयात्रुको टाउकामा दुई पटक मुक्का हानेका थिए । घटनापछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रहरीले कडा कारबाही गर्न माग गरेका थिए ।

प्रतिक्रिया