तुलसीपुर १७ माघ २०८२ शनिवार, दाङ जिल्लाका दुई ठुला सरकारी अस्पताल मध्य एक हो तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल | त्यही अस्पतालमा हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टरको जिम्मेवारीमा कार्यरत छन् डाक्टर हेमराज शर्मा | २०४४ सालमा तत्कालिन पवननगर गा बि स र हालको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भमके भन्ने ठाउँमा जन्मेका

शर्माले २०६९ सालमा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा एम बि बि एस गरे पछी हाल सम्म निरन्तर रुपमा दाङवासी लाई स्वाश्थ्य सेवा दिईरहेका छन् | नेपाल सरकारको छात्रवृत्ती पाएपछी स्नातकोत्तर गरे लगत्तै नेपाल सरकारको निती अनुरुप दुई वर्ष सरकारी अस्पतालमा सेवा दिनु पर्ने ब्यबश्था अनुसार उनी

आत्तिनुपर्दैन,,यो औषधी खाने हेंई सन्चो हुन्छ,,बाहिर जानुपर्दैन बा भन्दै डाक्टर-हेमराज शर्मा
पहिलो पटक यस अस्पतालमा डाक्टरको रुपमा सेवा दिन आएका थिए |त्यस पछी २०७५ सालमा शर्माले न्याम्स बाट अर्थोपेडिक र ट्रमा सेन्टर बाट मास्टर्स अफ सर्जरी तहको पढाईका लागी फेरी सरकारी कोटामा नाम निकाले | २०७८ सालमा अर्थोपेडिक सर्जन तह सम्मको मेडिकल शिक्षा हाँसिल गरे लगत्तै उनलाई पुन: दोस्रो पटक राप्ती प्रादेशिक अस्पतालमा हड्डी रोग बिशेषज्ञका रुपमा सेवा दिने मौका मिल्यो |

भाँचिएको खुट्टाको अप्रेसनको तयारी गर्दै डाक्टर-हेमराज शर्मा
त्यस पछी निरन्तर उनी त्यही अस्पतालमा कार्यरत रही पश्चिम दाङका एक मात्र हड्डी रोग बिशेषज्ञ तहको सरकारी डाक्टरको रुपमा चिरपरिचित हुन् पुगेका छन् | हड्डी रोग बिशेषज्ञ तहको प्रमाणपत्र बोकेर राजधानी बाट दाङ आईपुगेका हेमराज शर्मा लाई उनकै लगनसिलता र नागरिक प्रती उत्तरदायी भएर काम गर्ने उनको स्वभावले हाल उनलाईयो यो स्थान सम्म चिनाउने र

यो औषधी निरन्तर १ महिना खानुपर्छ अनी मात्रै सन्चो हुन्छ बा भन्दै डाक्टर-हेमराज शर्मा
परिचित बनाउने काम गरेको हो | दैनिक १ सय भन्दा धेरै संख्यामा हाड़ जोर्नीका समस्या लिएर अस्पताल आउने बिरामी हरुलाई करिब अढाई वर्ष अघी सम्म दुई जना डाक्टर हरुले यो अस्पताल बाट सेवा दिने गरेको भएपनी अर्का हड्डी रोग बिशेषज्ञ डाक्टर ओमप्रकाश अर्र्याल अढाई वर्ष अघी बढुवा भए लगत्तै सरुवा भएर गए | त्यस पछी राप्ती प्रादेशी अस्पताल

सरल स्वभाव र सामान्य जिबनशैलीका धनी,दाङको स्वाश्थ्य सम्पत्ती डाक्टर – हेमराज शर्मा
तुलसीपुरमा डाक्टर हेमराज शर्मा एक मात्र हड्डी रोग बिशेषज्ञ छन् | उनको बिरामी लाई सेवा दिने तरिका पनी अनौठो रहेको छ उनले हिंड्दा हिंड्दै पनी बिरामी जाँच्ने र रोग पत्ता लगाउन आवश्यक जाँच हरु प्रेसक्रिप { सिफारिस } गर्छन भने जाँच गरेको रिपोर्ट ल्याएर आएपछी त्यही तरिकाले औषधी लेख्ने,अप्रेसन गर्नुपर्ने भए ओरेसनको तयारी गर्न सुझाव दिने र जटिल प्रकारको
हड्डी रोग लागेको देखा परेमा ठुला अस्पतालमा जान भन्ने गर्दछन | हैन मैले ५ प्रतिशत जती जटिल प्रकारका अप्रेसन गर्नुपर्ने रोग लागी सकेकाहरुलाई मात्रै बाहिर ठुला अस्पतालमा रिफर लेख्ने गरेको छु भने बाँकी ९५ प्रतिशत बिरामी लाई यही अस्पतालमा उपचार सेवा दिने गरेको छु डाक्टर हेमराज शर्माले राप्ती पहिचान सँगको कुराकानीमा बताए | तपाईले अनकलमा
रहेर पनी सेवा दिएको देखियो,आफ्नै खल्ती बाट बिरामीको बिल तिरीदिएर उपचार सेवा दिएको पनी हामीले देख्यौं के सोचेर बिरामी नागरिक प्रती यती धेरै उत्तरदायी हुनुभएको हो? भन्ने हाम्रो अर्को प्रश्नमा खुट्टा भाँचेर आयाहुन्छन पैसा हुँदैन, के गर्ने त्? त्यती बेला आफ्नै खल्तीको पैसा खर्च गरेर भएपनी ती बिरामीको उपचार गर्ने गरेको छु शर्माले छोटोमा जवाफ फर्काउदै हामी
सँग भने | यो अस्पतालमा कार्यरत अन्य डाक्टर हरु सरकारी समय पछी अस्पतालमा प्राय भेटिदैनन तर तपाई अक्सर अस्पताल परिसर र अस्पताल आसपासमै बसेर सेवा दिईरहनुभएको हुन्छ यसो गर्दा कत्तीको दुख झेली रहनुभएको छ भन्ने हाम्रा सम्वाददाताले सोध्दा सरकारले पहिला मलाई डाक्टरी पढायो त्यस पछी नागरिकको स्वाश्थ्य सेवाका लागी उत्तरदायी भएर
काम गर्नका लागी ब्यबश्था अनुसार तलब भत्ता पाउने गरी नियुक्त गरी यो अस्पतालमा जिम्मेवारी तोकी पठाएको छ भने म आफ्नो कर्तब्य बाट बिमुख भएर बस्नु हुँदैन र मैले सके सम्म बिरामी नागरिक हरुलाई स्वाश्थ्यसेवा दिनुपर्छ भन्ने मेरो पहिलो प्राथमिकता हो त्यही अनुसार सेवा दिईरहेको छु शर्माले अगाडी भने |
प्रतिक्रिया
https://www.facebook.com/v8.0/plugins/comments.php?app_id=599268457154683&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Dfc532df49cfe08cd7%26domain%3Draptipahichan.com%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fraptipahichan.com%252Ffcd6236665a86a0b0%26relation%3Dparent.parent&container_width=902&height=100&href=https%3A%2F%2Fraptipahichan.com%2F2026%2F01%2F17600%2F&locale=en_US&numposts=5&sdk=joey&version=v8.0&width=
