प्रतिनिधिसभा निर्वाचनमा सुरेश हमालको दाबी नरहेको स्पष्टिकरण

नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका नगर सभापति सुरेश हमालज्यूले आसन्न फाल्गुन २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा तर्फ दाङ क्षेत्र नं. ३ बाट उम्मेदवारी दिने कुनै आकाङ्क्षा नरहेको स्पष्ट गर्नुभएको छ।

सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा आएका विविध चर्चाहरू निराधार रहेको भन्दै उहाँले यस विषयमा आफ्नो कुनै दाबी नरहेको जानकारी दिनुभएको हो।

उक्त जानकारी नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका सभापति सुरेश हमालज्यूको सचिवालयमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया