दाङ ।
नेपाल प्रिमियर लिग (NPL) दोस्रो सिजन का च्याम्पियन लुम्बिनी लायन्स टोलीको ऐतिहासिक च्याम्पियन ट्रफी भोलि पुस ६ गते (आइतबार) दाङ आइपुग्ने भएको छ।
ट्रफी सेलेब्रेशन टुरअन्तर्गत लुम्बिनी लायन्सको विजयी टोलीसहितको ट्रफी तुलसीपुर–घोराही क्षेत्रमा प्रदर्शन गरिने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ। च्याम्पियन बनेपछि लुम्बिनी लायन्सले विभिन्न जिल्लामा ट्रफी प्रदर्शन गर्दै समर्थकसँग खुशी साटिरहेको छ।
दाङमा हुने कार्यक्रममा खेलाडी, समर्थक, स्थानीय खेलप्रेमी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। यस अवसरमा टोलीको ऐतिहासिक जितको उत्सव मनाइने, ट्रफीसँग फोटो खिच्ने कार्यक्रम समेत आयोजना गरिने बताइएको छ।
