काभ्रे ५ असोज २०८२ आईतवार। नख्खु करागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका–१२ स्थित गागलका ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया मनिषा घ्यावा तामाङको
हत्या गरेको पनौती–१२ का वडाध्यक्ष जयराम केसीले बताउनुभयो ।असोज ३ गते राति १ बजेतिर हत्या गरेको बुझिएको छ । शनिबारदेखि मनिषा सम्पर्कमा नआए पछि माइती पक्षलाई शंका लागेर खोजी गर्दा घरदेखि करिब डेढ सय मिटर टाढा बारीमा गाडेको अवस्थामा

भेटिएको अध्यक्ष केसीले बताउनुभयो । मनिषाको हत्यापछि सन्तबहादुर फरार भएको प्रहरीले बताएको छ । सन्तबहादुर चार वर्षअघि गाउँकै महिलामाथि जर्बरजस्ती करणी गरेको अभियोगमा करागार चलान भएका थिए |
