जिल्ला ट्राफिक कार्यालय दाङलाई कार्यालय संचालन गर्न भौतिक सामग्री सहयोग

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई विभिन्न संघ–संस्था र व्यक्तिहरूको सहयोगमा भौतिक सामग्री प्रदान गरिएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ट्राफिक कार्यालयमा भएको तोडफोड र आगजनीले सम्पूर्ण

भौतिक सामग्री जलेर नष्ट भएपछि कार्यालय पुनः सञ्चालनमा ल्याउन एच. आर. मिडिया हाउस प्रालिको पहलमा सहयोग गरिएको थियो । सहयोगस्वरूप कार्यालयलाई दुईवटा दराज, सोफा सेट, दुईवटा टेबल, पाँच थान कुर्सी लगायत करिब डेढ एक

लाख बढी रकमको सामग्री प्रदान गरिएको हो ।सहयोगीहरूमा हनुमान इट्टा उद्योगका सञ्चालक मोहन घर्ती, जसले करिब ८० हजार रुपैयाँभन्दा बढीको सामग्री सहयोग गरेका छन् । त्यस्तै, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, ग्लोबल

ओरियन्स नेपाल प्रालि दाङ बिक्री केन्द्र र एच. आर. मिडिया हाउस प्रा.लि. ले पनि आवश्यक सामग्री सहयोग गरेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हालको विषम परिस्थितिमा मुलुक र समाजलाई पुरानै

अवस्थामा फर्काउन र अगाडि बढाउन हामी सबैको भूमिका रहेको बताए । साथै ट्राफिक कार्यालय छेदविक्षेदको अवस्थामा रहेको भन्दै दशैं मिलन जस्ता कार्यक्रम नगरी सहयोगमा जुट्न सबैलाई आग्रह गरेका छन् ।त्यस्तै महासंघ दाङका अध्यक्ष

सन्तोष सुवेदीले पत्रकारले समाचार र सूचना संकलन मात्र नगरी सामाजिक कार्यमा लाग्नुपर्ने बताए । विगतका दिनहरूमा एच. आर. मिडिया हाउसले विभिन्न सामाजिक कार्य गर्दै आएको र अहिले पनि मिडिया हाउसको पहलमा सामग्रीहरू सहयोग

गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । सहयोग गरिएको सामग्रीबाट कार्यालयमा काम गर्न सहज हुने र ट्राफिक प्रहरी बाहिर निस्कदा आत्मबल बलियो हुने वातावरण बन्ने विश्वास व्यक्त गरेका थिए ।त्यस्तै एच. आर. मिडिया हाउस प्रालीका प्रबन्धक तथा

सामग्री सहयोगका पहलकर्ता एच. आर. मगरले जिन्जीको आन्दोलनका क्रममा तोडफोड र आगजनी भई ट्राफिक कार्यालयमा धेरै क्षति पुगेको जानकारी पाएपछि तुलसीपुर क्षेत्रका विभिन्न व्यवसायीहरूलाई सम्पर्क गरी सहयोग जुटाएको बताए । त्यस्तै

मिडिया हाउसले समाचार मात्र नभई सामाजिक कार्यमा पनि संलग्न हुन आग्रह गरे । ट्राफिक कार्यालयका प्रमुख ओपेन्द्रबहादुर बमले सहयोगप्रति आभार व्यक्त गरेका थिए । त्यस्तै कार्यालयमा कम्प्युटर र प्रिन्टरको अतिआवश्यक रहेको र सहयोगको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया