केही मोठ बाहेक सबै जलेर खरानी भएका छन-खडका

दाङ तुलसीपुर ३१ भदौ २०८२ मंगलवार | दाङको तुलसीपुरमा रहेको मालपोत कार्यालय तुलसीपुर जेन जी समूहको आन्दोलनका क्रममा भएको आगजनी बाट पूर्ण रुपमा क्षतविक्षत भएको छ | आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड

बाट मालपोत कार्यालय भाडामा बसेको घर र कार्यालयका केही मोठ बाहेक सम्पूर्ण कागजात जलेर नष्ट भएका छन | जेन जी समुहको आन्दोलनको तारो बनेका तुलसीपुर स्थित सरकारी कार्यालय मध्ये मालपोत कार्यालय पनी एक हो | म बिदामा थिएँ

कार्यालयमा तोडफोड तथा आगजनी भएको कुरा सुने पछी तुरुन्त आएर कार्यालय हेर्दा कार्यालयमा केही पनी नबचेको दृश्य देख्दा धेरै दुख लाग्यो मालपोत कार्यालय तुलसीपुरका कार्यालय प्रमुख खिम बहादुर खडकाले राप्ती पहिचान संगको

कुराकानीमा बताए | अब कार्यालय बाट सेवा सुचारु कहिले बाट सुरु हुन्छ भन्ने हाम्रो प्रश्नमा मैले यहाँ बाट हाम्रो नियामक निकाय मालपोत बिभाग लाई यहाँको अवश्थाको बारेमा सम्पूर्ण व्यहोरा जानकारी गराई सकेको छु बिभाग बाट आदेश आए

पछी छिट्टै सेवा सुचारु गर्छौं खडकाले हामी संग भने | जलेका मोठहरु कायम हुन्छन की हुँदैनन,जलेका मोठ कायम गर्न नागरिक हरुले के के प्रक्रिया पुरा गर्नुपर्ने हो? भन्ने हाम्रो अर्को प्रश्नमा जलेका मोठहरु कायम हुन्छन कायम गर्न के के कुरा लाई

आधार मान्ने भन्ने बारे बिभाग बाटै लेखी आउने र त्यस पछी मात्रै मोठ कायम गर्ने काम सुरु हुने र यस अघी कार्यालय बाट नियमित भई रहेका अन्य सेवा पनी संचालन हुन्छन उनले अगाडी भने |

प्रतिक्रिया