भुसाल आत्महत्या दुरुत्साहन प्रकरणमा ५ जना पक्राउ ३ अझै फरार

तुलसीपु ७ भदौ २०८२ शनिवार, दाङको तुलसीपुरमा एक ब्यापारी दुर्गा भुसालको आत्महत्या प्रकरणमा ५ जना पक्राउ परेका छन | तुलसीपुर स्थित घोराही रोडमा कालिका अडियो सेन्टर संचालन गर्दै आई रहेका दुर्गा भुसालले आत्महत्या गर्नु अघी लेखेको आत्महत्या नोटमा ८ जनाको नाम उल्लेख गरेको पाईएपछी उनी हरुलाई पक्राउ गरिएको कुरा श्रोतले बतायो | ८ जना मध्ये ३ जना अझै फरार रहेका छन |

को को हुन त पक्राउ पर्नेमा :

पक्राउ पर्नेमा नेकपा माओवादी केन्द्र तुलसीपुर नगर समितिका सह-ईन्चार्ज चित्र बहादुर खडका { अनुपम } जना १ तुलसीपुर ५ निवासी ४२ वर्ष की खुमा भनिने राधिका वली जना १ ,रुकुम घर भई हाल तुलसीपुर ५ मा बस्ने वर्ष ४२ कै चन्द्र बहादुर खडका जना १,सो ही ठाउँ निवासी ४० वर्षका यादव श्रेष्ठ जना १, र तुलसीपुर ६ निवासी ४० वर्ष की नन्दा वली गरी ५ जना रहेको श्रोतले

जानकारी दिएको छ | सु-साईट नोटमा नाम उल्लेख गरिएका अन्य ३ जनालाई प्रहरीले खोजी गरी रहेको र पक्राउ परेका ५ जना लाई अनुसन्धानका लागी ७ दिनको म्याद समेत प्रहरीले लिई सकेको कुरा बिशेष श्रोतले राप्ती पहिचान लाई बतायो |

भुसाल ले आत्महत्या गर्नुको कारण यस्तो थियो :

भुसाल ले यही भदौ ३ गते राती आफ्नै पसलमा आत्महत्या गरेका थिए भने भुसाल ले आत्महत्या गर्नु अघी आफुले ब्यापार ब्यबशाय गर्न करोडौं ऋण लिएर लगानी गरेको र उक्त ऋण समयमै उठाउन नसकेको,ऋण उठाउनमा माथी उल्लेखित मानिस हरु वाधक बनेपछी आफ्नो ब्यापार ब्यबशाय बिग्रिएकाले आफुले आत्महत्या गरेको कुरा आत्महत्या नोटमा उल्लेख गरेको पाईए पछी प्रहरीले उनी हरुलाई पक्राउ गरेको कुरा श्रोत बताउछ |

पक्राउ परेका हरुलाई अपराध पुष्टी भएमा के छ त् कानुनी ब्यबश्था:

नेपालको मुलुकी अपराध संहिता २०७४ को दफा १८५मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिने वा त्यस्तो काम गर्ने सम्मको परिश्तिती खडा गर्न वा गर्न हुँदैन भन्ने ब्यबश्था उल्लेख भएको र कोही कसैले त्यस्तो कार्य गरेमा सो ही दफाको उप दफा १ मा ५ वर्ष सम्म कैद र ५० हजार रुपैयाँ सम्म जरिवाना हुने ब्यबश्था रहेको छ |

प्रतिक्रिया