उनी हरुको सारथी बन्यो पर्यावरणीय दिगो बिकाश केन्द्र,मुक्त कम्लहरीहरु सामुहिक खेती बाट आत्मनिर्भरको बाटोमा

दाङ ४ भदौ २०८२ मंगलवार | दाङको घोराही उपमहानगरपालिका ८ बेलुवामा बसोबास गर्ने मुक्त कम्लहरी महिलाहरू आज सामुहिक खेतीमार्फत आत्मनिर्भरता तर्फ अघि बढिरहेका छन् । कुनै समय अरुको घरमा श्रम बेचेर जीवनयापन गर्न बाध्य उनीहरु अहिले आफ्नै पसिना बगाएर आम्दानी गर्ने बाटो खुलेको अनुभव गरिरहेका छन् । मुक्त कम्लहरीहरूले केही वर्षअघि

“ओजरार कृषि सहकारी संस्था”  अन्तर्गत रहेको सगरमाथा महिला कृषक समुहले मासिक बचत संकलन गर्ने काम थालेका थिए ।करिब २ वर्षअघि तुलसीपुर उपमहानगरपालिका १८ हेमन्तपुरस्थित “पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र” ले उनीहरूलाई अर्गानिक खेती, मल तथा विषादी उत्पादनसम्बन्धी तालिम दियो । तालिमसँगै केन्द्रले सदस्यहरूलाई सामुहिक

खेती गर्न प्रोत्साहन गर्दै जग्गा भाडामा लिएरु बिउविजन उपलब्ध गरायो । २५ जना सदस्य रहेको सहरकारीका १६ जना सदस्य मिलेर एक विगाह आठ कठ्ठा जग्गा धान र तरकारी खेती सुरु गरेका थिए । सुरुमा उनीहरूले ८ कठ्ठा जग्गामा लोकल आलु खेती गरे ।

उत्पादन राम्रो हुँदा करिब ५०–६० हजार रुपैयाँको आम्दानी गरे । त्यसपछि धानखेतीमार्फत झण्डै ७०–८० हजार रुपैयाँ कमाउन सफल भए । “पहिलो पटक सामुहिक खेती गर्दा यति राम्रो आम्दानी हुन्छ भन्ने कल्पना गरेका थिइनौं,” सहकारी संस्थाकी अध्यक्ष अनिता चौधरी भन्छिन्, “हामी दिदीबहिनीहरूले गाउँमै बचत गर्दै आएका थियौं, तर यसरी सामुहिक खेती गर्ने

अनुभव थिएन। सीप र पूँजी आवश्यक पर्छ भन्ने थाहा थियो । केन्द्रले तालिमसँगै जग्गा भाडा र बिउ सहयोग गरेपछि हामीले हिम्मत जुटायौं । ”सुरुमा अर्गानिक आलु खेती के हुन्छ , भन्ने डर भए पनि उत्पादन राम्रो भएको उनको भनाइ छ । उनका अनुसार बजारमा बिक्री गर्न पनि समस्या भएन । उनीहरूले करिब १० क्विन्टल एक लाख रुपयौँ बराबरको आलुको विउ

आगामी खेतीका लागि राखेका छन् ।  यसपटक भने आफूलाई विगतको सफलताले हौसला दिएकाले १० क्विन्टल आलु रोप्ने योजना बनाएको उनको भनाइ छ । गत वर्ष केन्द्रले प्रति कठ्ठा एक हजार रुपैयाँ दरले जग्गा भाडा सहयोग गरेको भन्दै उनले अहिले उक्त कार्यक्रम सकिएको जानकारी पाएको भन्दै आफूहरु के गर्ने भन्ने अन्यौता रहेको समेत बताइन् ।“जग्गा भाडा,

बिउजस्तै आधारभूत कुरामा नै समस्या छ । गत बर्ष वडा कार्यालयले २५ हजार सहयोग गरेको थियो । तर त्यो रकमले के नै गर्न सकिन्छ ?,” उनले भनिन् । गत वर्ष धान, आलु र तरकारी खेतीबाट सबै खर्च कटाएर करिब एक लाख रुपैयाँ बचत भएको भन्दै त्यसले आफूहरुलाई आत्मविश्वास बढाएको भएयता पनि सहयोग गर्ने संस्थामा कार्यक्रम नै नभएपछि के गर्ने भन्ने आन्यौता

रहेको उनले बताइन । यस्तै आफूहरुलाई खेती गर्नको लागि सिँचाइक सुविधा नहुँदा समस्या हुने गरेको समेत उनको भनाइ छ ।यस्तै खेत जोत्न प्राविधिक साधन तथा लागत अभाव हुने भन्दै उनले यसमा स्थानीय निकाय र सहयोगी संस्थासँग निरन्तर सहयोगको अपेक्षा आफूहरुले राखेको समेत बताइन् । आफूहरु कम्लहरी मुक्त भएपछि जीवनमा स्थायित्व ल्याउने कुनै भरपर्दो

रोजगारी नभएको भन्दै सामुहिक खेतीमार्फत भने आयआर्जनको आधार मात्र नभई, समाजमा आत्मसम्मानका साथ बाँच्ने आत्मबल पनि प्राप्त भएको उनले अनुभव सुनाइन । “हामीलाई केन्द्रले सहयोग गर्दा ठूलो फाइदा भयो । यस्तो कार्यक्रम निरन्तर भए हामीजस्ता महिलाले आत्मनिर्भर जीवन बाँच्न सक्छौं,” उनले भनिन् । केन्द्रले जिल्लामा विभिन्न ठाउँमा रहेको मुक्त

कम्लहरी दिदीबहिनी हरूको सामुहिक खेती गर्नको लागि सहयोग गर्दै आइरहेको छ, भने यसले उनीहरुलाई केवल आम्दानीको साधन मात्र होइन, आत्मनिर्भरता र सामाजिक सशक्तीकरणको यात्रा तय गरेको केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतले बताए ।

प्रतिक्रिया