भालुबाङ श्थित न्यु थापा होटेलमा एक जना मृत फेला परे

भालुवाङ २ भदौ २०८२ सोमवार। दाङको राप्ती गाउँपालिका-१, भालुवाङ पुल्चोक स्थित न्यू थापा होटलमा एक पुरूष मृत अवस्थामा फेला परेका छन् ।मृतक पुरूष महाकाली नगरपालिका-१, दार्चुला निवासी वर्ष ५२ को जयधनसिंह बराल रहेको

इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरीले जानकारी दिएका छन् । आइतबार होटलमा बास बसेका बरालको मृत्युका विषयमा होटल सञ्चालकले सोमबार राति ८ बजे प्रहरीलाई खवर गरेका थिए ।मृतक

बरालको मृत्यु के कारणले भएको त्यो भने अझै खुल्न नसकेको प्रहरी निरिक्षक ऐरीले बताउनु भयो । मृतक बरालको शवलाई पोष्ट मार्टमका लागि लमही अस्पताल पठाइएको छ । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेकाले थप विवरण आउन बाँकी रहेको छ |

प्रतिक्रिया