सिद्दीविनायक फर्निचर उद्योगमा लागेको आगो नियन्त्रणमा आईसक्यो-तुलसीपुर प्रहरी

तुलसीपुर २ भदौ २०८२ सोमवार। दाङको तुलसीपुरमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ । तुलसीपुर १२ पुकारपसलस्थित सिद्धिविनायक फर्निचर उद्योगमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

तुलसीपुर ५ ग लाइनका तारा बहादुर बस्नेतले संचालन गर्दै आएको सो उद्योगमा आज सोमबार दिउँसो करिब ३ ः१० वजेतिर आगो लागेको थियो ।प्रहरी, दमकल र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको इप्रका तुलसीपुरका सुचना अधिकारी

तथा प्रहरी निरीक्षक सुर्य बहादुर रानाले राप्ती पहिचान लाई जानकारी दिए। आगलागीबाट मानवीय क्षति भने नभएको उनको भनाइ छ । आगलागीको कारण र क्षतिको विवरण संकलन भैरहेको छ,त्यस बिषयमा पछी विवरण आउँछ सुचनाअधिकारी रानाले बताए ।

प्रतिक्रिया