महतरा परिवार द्वारा स्वर्गीय छोराको सम्झनामा मानवसेवा आश्रम लाई खाद्यान्न सहयोग

तुलसीपुर,२४ साउन २०८२ शनिवार,दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.३ निवासी भरत महतराले दिवंगत छाेरा प्रकाश महतराकाे सम्झनामा तुलसीपुर स्थित मानब सेवा आश्रममा सहयाेग गरेका छन् ।शनिबार आश्रममा पुगेर चामल, दाल,नुन, तेल, सरफ, साबुन, फ्रुटि, बिस्कुट, पाेशाक, हारपिक, बेसार,जिरा, स्याम्पु, चिनी, चियापत्ति, आलु, प्याज, धनिया, टमाटर, लसुन, हरियाे

खुर्सानी, मन्जन, ब्रस, ट्वाईलेट ब्रस प्रदान गरेका हुन् । त्यस क्रममा पाँच हजार ५५ रूपैया समेत आर्थिक सहयाेग गरिएकाे थियाे ।अवतारी गुरु तथा राप्ती पहिचान डटकमका सञ्चालक समिति सदस्य समेत रहेका महतराले फजुल खर्च गर्नु भन्दा मानव सेवा गर्नु पर्ने भन्दै सहयाेग गरिएकाे कुरा बताए।त्यस अवसरमा प्रमुख अतिथि तुलसीपुर, १२ का वडाध्यक्ष खुसीराम चाैधरीले

सामाजिक कार्यमा सबैले ध्यान दिनुपर्ने बताए । मानव सेवा नै सबै भन्दा ठूलाे धर्म रहेकाे भन्दै यसलाई तुलसीपुरमा स्थापना गर्न आफूले भूमिका खेलेकाे बताए ।त्यस्तै मानव सेवा आश्रम तुलसीपुरका प्रमुख हिरू जाेशीले यस्तै सहयाेगले नै साहारा विहिन सडक मानवलाई आश्रय दिन सकिएकाे बताए।उनका छोरा प्रकाश महतराकाे २०७५ फागुन ७ गतेका दिन २१ वर्षको

अल्पायुमै निधन भएकाे थियो। कार्यक्रमकाे सहजीकरण राप्ती पहिचान डटकमका सञ्चालक यग्गे बहादुर बुढाले गरेका थिए । ४ बर्ष अघिदेखि तुलसीपुरमा सञ्चालनमा आएकाे आश्रमबाट २ सय भन्दा बढिले सेवा लिएका छन्, भने हाल ७२ जना आश्रित छन् । साथै आश्रितहरुलाई रक्षाबन्धन पनि बाँधिएको थियो ।

प्रतिक्रिया