दाङ, ४ साउन २०८२ आईतवार। देउखुरीमा पार्किङ गरेको गाडी ब्याक हुँदा एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ५ सुनखोलीमा पार्किङका लागि राखिएको बोलेरो जीप ब्याक भएपछि
दुर्घटना भएको हो । गाडीबाट च्यापिएर लमही–५ सुनखोली निवासी २१ बर्षिय राकेश कुमार बानियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार लु ३ च ४८१४ नम्बरको तरकारी बोक्ने बोलेरो गाडी घर छेवैंमा
पार्किङ गरिएको थियो । बिहान करिब साढे ५ बजे बानिया गएर गाडीको टायरमा लगाएको ओट हटाए लगत्तै गाडी भएको थियो । बानियाले गाडीलाई दुबै हातले रोक्न खोजे पनी नरोकिएपछि घरको भित्ता र
गाडीको बिचमा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।मृतक बानियाको आफ्नै गाडी रहेको प्रहरीले बताएको छ ।
