लमही न पा मा सरकारी साधनको चरम दुरुपयोग, मध्यरातमा प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी दुर्घटनामा पर्यो |

दाङ, १० जेठ २०८२ शनिवार । दाङको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा चढ्ने गाडी दुर्घटनामा परेको छ । शुक्रबार राति १२ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. ३ स्थित मसोट उकालोमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।घोराहीबाट लमही तर्फ जाँदै गर्दा बा २ झ ४२०१ नम्बरको सरकारी गाडी

अनियन्त्रित भई सडकदेखि १० मिटर तल खसेको प्रहरीले बताएको छ ।गाडी दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । घाइते हुनेमा चालक लमही नगरपालिका ५ निवासी ४२ बर्षीय मधुसुधन केसी, सोही ठाउँका २३ बर्षीय अमर केसी, राजपुर गाउँपालिका ५ चंगुवा निवासी २७ बर्षीय मंगलसिंह भण्डारी घाइते भएका छन् ।उनीहरुलाई प्रहरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा लैजान

खोजेको थियो । तर, आफू खुसी लमही अस्पतालमा गएर उपचार पछि घर फर्केको प्रहरीले बताएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई थाहा नै नदिएर गाडी लगेको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।यता यही बिषयमा लमही नगरपालिकाका मेयर जोगराज चौधरी लाई फोन गरेर घटना बारे जानकारी माग्दा आफु हिंजो बर्दियामा भएको

र उक्त घटना आफुले आज बिहान मात्रै थाहा पाएको कुरा बताए | म यहाँ थिएन, म दाङ बाहिर बर्दियामा थिएँ राती त्यस्तो घटना भए छ मैले बिहान थाहा पाए पछी घटना कसरी भएको हो भन्ने बारे सम्बन्धित शाखा हरु बाट बुझ्ने काम गरी रहेको छु चौधरीले राप्ती पहिचान संगको कुराकानीमा भने | यसै बिषयमा थप बुझ्न लमही न पा का प्रमुख प्रशासकीय अधिकृत प्रकाश

देवकोटाको अफिसियल मोबाईल नम्बर ९८५७८३७१११ मा फोन गर्दा उक्त मोबाईल सो ही न पा का सातौ तहका स्वाश्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले उठाए | हामीले गाडी दुर्घटना बारे सोधनी गर्दा गाडी बाटो देखी ३०/४० मिटर तल भिरमा गएर अडकिएको छ र गाडी क्षतीग्रस्त भएको छ,घोराही बाट लमही तर्फ आउंदै गर्दा रातीको समयमा गाडी दुर्घटनामा परेको रही छ शर्माले हामी संगको कुराकानीमा बताए | मध्यरातमा प्रमुख प्रशासकीय अधिकृतको गाडी घोराही आउनुको कारण र दुर्घटना हुनुको कारण बारे भने कसैले केही खुलाउन चाहेनन |

प्रतिक्रिया