दाङ ५ पुष २०८१ शुक्रवार, दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने बसमा सवार ११ जना घाइते भएका छन् । तुलसीपुरबाट घोराही तर्फ जादै गरेकोरा १ ख ८१६ को बसले बिपरित दिशाबाट आँउदै गरेको रा ५ प
६६५४ नम्बरको मोटरसाईकल लाई घोराही–तुलसीपुर सडकखण्डअन्र्तगत घोराही–१० गुर्जेखोला पुल नजिकै आज दिउँसो साढे १ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक घोराही–१० का ४४
बर्षीय दिलिप केसीको २ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डीएसपी इश्वर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी बसमासवार रहेका रोल्पाको त्रिबेणी गाउँपालिका–४ का २८ बर्षीय बीर
बहादुर डाँगी, दाङको राप्ती गाउँपालिका–५ बस्ने ३१ बर्षीय प्रेम सुबेदी, तुलसीपुर–१७ बेलझुण्डीका ४५ बर्षीया देवा बिक, तुलसीपुर–१६ की ५४ बर्षीया सिता कुमारी अधिकारी, तुलसीपुर१९ बस्ने ३८ बर्षीया तुलसा खड्का, घोराही–९ बस्ने ६० बर्षीय
बल बहादुर डाँगी, घोराही–५ बस्ने २४ बर्षीया साबित्रा बस्नेत, घोराही–३ बस्ने ३४ बर्षीय रामसिंह चौधरी, घोराही–१२ बस्ने ३७ बर्षीय नर बहादुर वली, घोराही–९ बस्ने २२ बर्षीया सिता बिश्वकर्मार घोारही–१५ बस्ने २४ बर्षीय दिप परियार घाइते भएका छन् ।
घाइते स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको र बस चालक घोराही–१८ फर्सेखालीका ५३ बर्षीय गोपाल बिकलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
