राजश्वका सुब्बालाई पनि कोरोना

१२ साउन ,कोहलपुर बाँके।

बाँकेको आन्तरिक राजस्व कार्यालय नेपालगन्जमा कार्यरत सुब्बामा पनि कोरोना पुष्टि भएको छ । प्युठान मल्लारानीका २९ वर्षीय ती पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यसअघि त्यहाँ कार्यरत अधिकृतमा कोरोना देखिएपछि हिजो त्यहाँबाट ६४ जनाको स्वाब लिइएको थियो । अरुको रिपोर्ट आउन बाँकि छ ।

हिजो यातायात कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर महिलामा पनि कोरोना पुष्टि भएको थियो।

प्रतिक्रिया