दाङ २२ कार्तिक २०८१ विहिवार। राप्ती नदीमा भैँसी तार्ने क्रममा बेपत्ता भएकी १६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् । दाङको राजपुर गाउँपालिका वडा नंम्बर ३ कालीपुरुवाका रामकुमार यादबको छोरी १६ का बिद्यावती यादब मृत

अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डि एस पी ईश्वर थापाले जानकारी दिए ।यादव हिजो बुधबार साँझ ६ बजेतिर लमही नगरपालिका-८ दुईघरवाबाट भैँसी चराई घर तर्फ फर्किदै गर्दा राप्ती नदीमा भैँसी तार्ने क्रममा
बगी बेपत्ता भएकी थिईन। यादव बगेर बेपत्ता भएको स्थानियले प्रहरीलाई खबर गरे पश्चात स्थानीयवासी र प्रहरी टोलीले खोजी प्रक्रिया सुरु गरेको कुरा डि एस पी थापाले राप्ती पहिचान लाई बताए ।बेपत्ता बालिकालाई खोजी गदै जाँदा आज बिहान साढे ८ बजेतिर लमही नगरपालिका ८ धनपुरुवा स्थित राप्ती नदीको बीचमा बालिकाको शव फेला परेको थापाले बताए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
