रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

रुकुम, २८ जेठ २०८१।रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन् । मुसिकोट नगरपालिका-१ खलंगा बाँफिकोट गाउँपालिकाको-४ छिनखेत जाँदै गरेको वर्ल्ड

लिंक कम्युनिकेसनको डबल क्याप बोलेरो आइतबार बेलुकी साढे ९ बजे दुर्घटना भएको हो ।दुर्घटनामा चालक सुर्खेतको गुर्भाकोट नगरपालिका-८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ, बर्दियाको ठाकुरबाबा नगरपालिका ५ कालीगौडीका २७ वर्षीय

सौगात विकर सुर्खेत बराहताल गाउँपालिका-५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए । जिल्ला अस्पताल सल्ले पुर्‍याउँदा चिकित्सकले

उनीहरूलाई मृत घोषणा गरे । पश्चिमको बाँफिकोट गाउँपालिका-४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दियाको ठाकुरबाबा नगरपालिका-५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र बर्दियाको ठाकुरबाबा नगरपालिका-५ कालीगौडीका २७ वर्षीय टीकाराम

खनाल घाइते भएका छन् । उनीहरूमध्ये सुजल र टीकारामको अवस्था गम्भीर छ ।उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज ‘रेफर’ गरेको शाहीले जानकारी दिए । दिलीपको उपचार जिल्ला अस्पतालमै

भइरहेको छ । प्रहरीका अनुसार गाडी सडकबाट करिब २०० मिटर भन्दा तल खसेको थियो । इन्टरनेट जडानको काम गरिरहेका उनीहरू बाँफिकोटको छिनखेत जाँदै थिए । बाँफिकोट क्षेत्रमा फाइबर नेट विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका थिए ।

प्रतिक्रिया