तुलसीपुर २० जेठ २०८१, दाङको तुलसीपुरस्थित एक पेट्रोल पम्पमा पेट्रोल भर्न गएको कारमा एकाएक आगलागी भएपछि केही बेर तुलसीपुरको मुख्य बजार क्षेत्र त्रासमय बनेको थियो।आइतबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–६ स्थित तुलसी पेट्रोल पम्पमा तेल हाल्न गएको रा १ च १४६४ नम्बरको कारमा एकाएक आगलागी भएको थियो।कारमा अचानक आगो बलेपछि

पेट्रोल पम्पका कर्मचारी र त्यहाँ रहेका मानिसहरूले जली रहेको कार लाई धकेलेर पम्पबाट सडकमा पुर्याएका थिए।लगत्तै पेट्रोल पम्पको फायर एक्सटिंग्विसरको सहायताले कारमा लागेको आगो निभाइएको छ।ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसादद पोखरेल लगायतको प्रहरी टोली पनि घटनास्थलमा पुगेको थियो। कारमा लागेको आगो आधा घण्टा पछी
नियन्त्रणमा आएको थियो।समयमै आगो निभाउन नसकेको भए आगो पेट्रोल पम्पमा समेत फैलिन सक्थ्यो यदी पेट्रोल पम्पमा आगो फैलिएको भए तुलसीपुर बजारमा ठूलो क्षति हुने त्रास फैलिएको कुरा एक स्थानीय ले राप्ती पहिचान लाई बताए।कार पुरानो रहेछ,’ उनले भने, ‘वायरिङको गडबढीले एकाएक स्टार्ट गर्ने क्रममा कारमा आगलागी भएको हुनुपर्छ।’उक्त कार ड्राइभिङ सेन्टरको हो पोख्रेल ले अगाडी भने |
