काठमाण्डौं,१३ जेठ २०८१। नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–१० मा रहेको तादी खोलामा हिजो पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र
ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको मृत्यु भएको नुवाकोटका प्रहरी नायब उपरीक्षकतिलक भारतीले जानकारी दिनुभयो ।तादी खोलामा पौडी खेल्ने गएका छ जना युवामध्ये रोजन र हिमाललाई घुमाउने भन्ने ठाउँबाट बगाएको प्रहरीले जनाएको छ ।
