ई प्र का तुलसीपुरले सार्वजनिक गर्यो कार्य सम्पादनको बिबरण

तुलसीपुर, २ चैत ।  दाङको तुलसीपुरमा रहेको इलाका प्रहरी कार्यालयमा ३ सय ९७ वटा मुद्धा दर्ता भएको पाइएको छ । चालु आर्थीक बर्ष २०८०/०८१ को श्रावन महिना देखी अहिलेसम्म विभिन्न शिर्षकमा गरी ३ सय ९७ वटा मुद्धा दर्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । जस मध्य २ सय २८ वटा मुद्धा फर्छौट

भएका छन भने ५६ वटा मुद्धा अनुसन्धानकै क्रममा रहेको पाइएको छ । यस्तै १ सय १३ वटा मुद्धा पेन्डिङमा रहेको कार्यालय प्रमुख डीएसपी ठाकुर प्रोख्रेलले जानकारी दिनुभयो । डीएसपी प्रोख्रेलका अनुसार सोही अवधीमा विभिन्न मुद्धामा ३ सय ९ जना पुरुष र १३ जना महिला गरी ३ सय २२ जना पक्राउ परेका छन् भने ७६ जना पुरुष र ६ जना महिला गरी ८४ जना फरार रहेका

छन् । यस्तै सोही अवधीमा विभिन्न घटना तथा दुर्घटनामा परी ९२ पुरुष र ४३ महिला गरी जम्मा १ सय ३५ जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।इलाका प्रहरी कार्यालय तुलसपुरको मातहतमा ४ वटा अन्य इलाका प्रहरी कार्यालय रहेका छन भने ५ वटा प्रहरी चौकी रहेका छन् । यस्तै ९ वटा अस्थायी प्रहरी चौकी रहेको उहाँले बताउनुभयो । यी क्षेत्रमा चालु आर्थीक बर्षको

हालसम्म २ सय ७२ वटा निवेदन दर्ता भएको पाइएको छ । जसमा घरेलु हिंसा अन्र्तगत ४२ वटा निवेदन परेकोमा ४० वटाको मिलापत्र भएको छ भने २ वटा बाकी रहेका छन् । यस्तै सामाजिक हिंसा अन्र्तगतका ३ सय २२ वटा निवेदन आएकोमा १ सय

३१ वटामा मिलापत्र गरिएको छ भने १ सय ९१ वटा बाकी रहेका छन् । त्यसैगरी खोजतलास सम्बन्धि २ सय ७९ वटा निवेदन आएकोमा २ सय वटा मिलापत्र भएको र ७९ वटा बाकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।।

प्रतिक्रिया