शान्तिनगर १७ फागुन २०८०,दादुरा तथा रुबेला रोग लाग्न नदिन का लागी दिईने दादुरा तथा रुबेला बिरुद्दको खोप अभियान चलाईने भएको छ | यस्तो अभियान दाङ जिल्ला का सबै पालिका बाट संचालन भई रहेका बेला शान्तिनगर गाउँपालिकाले पनी यही फागुन २४ गते देखी चैत्र ७ गते सम्म आफ्नो पालिका भित्रका बालबालिका हरुलाई सो रोग लाग्न बाट बचाउन खोप
अभियान संचालन गर्ने भएको छ | फागुन १६ गते गाउँपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर खोप अभियान संचालन गर्ने बारे जानकारी गराईएको हो | शान्तिनगर गाउँपालिका कार्यालय को स्वाश्थ्य शाखा बाट सो अभियान संचालन हुने भएको छ | हामीले यही फागुन २४ गते देखी हाम्रो पालिका भित्रका बालबालिका हरुलाई दादुरा रुबेला रोग लाग्न नदिनका लागी
खोप अभियान संचालन गर्न लागेका छौं,हाम्रो अभियान चैत्र ७ गते सम्म संचालन हुने र गाउँपालिका भित्रका बिद्यालय हरुलाई केन्द्र बनाएर खोप दिने गरी तयारी गरेका छौं शान्तिनगर गाउँपालिकाका स्वाश्थ्य शाखा प्रमुख घनश्याम पाण्डेले राप्ती पहिचान संगको कुराकानीमा बताए | दादुरा रुबेला बिरुद्दको खोप बच्चा जन्मेको ९ महिना देखी १५ वर्ष सम्म का बालबालिका हरुलाई
दिईने छ पाण्डेले अगाडी भने | हाम्रो शान्तिनगर गाउँपालिका भित्रका बालबालिका हरुलाई दादुरा तथा रुबेला रोग लाग्न नदिन हाम्रो पालिकाको स्वाश्थ्य शाखालाई खोप अभियान संचालन गर्न आवश्यक जनशक्ती र बजेट सहित पालिका स्तरीय ब्यबश्था
मिलाई दिएका छौं यो खोप अभियानमा सहयोग पुर्याईदिन म सम्पूर्ण शान्तिनगर गाउँपालिकाका वासिन्दा हरुलाई अनुरोध गर्दछु शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत ले राप्ती पहिचान संग भने |
