दाङको तुलसीपुर बाट १३ वर्षीय बालिका वेपत्ता

तुलसीपुर ६ फागुन २०८० ।  दाङको तुलसीपुरबाट एक बालिका वेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ । तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’  लाइन निवासी १३ वर्षीया विपना वली  बाहिनी चोकबाट आज बिहान ९ बजे बेपत्ता भएको बुवा

पवन कुमार वलीले जानकारी दिनुभयो । आज बिहान डान्सको कपडा छोड्न गएकी विपना बाहिनी चोकबाट बेपत्ता भएको वुवा पवनले बताउनुभयो । सीसी क्यामरामा हेर्दा  बिहान ९ बजेतिर बाहिनी चोकदेखि  पश्चिमको भित्री गल्लीतर्फ एक्लै गएको

देखिन्छ । त्यसपछि अहिलेसम्म घरमा पनि आएकी छैन । सीसी क्यामरा नभएकाले कहाँगइ देखिदैन् । उसको हातमा कुनै मोबाइल पनि छैन । आफन्तको घरमा पनि गएकी छैनन् । अहिले ’  वुवा पवन कुमारले भन्नुभयो ।  बालिका विपना तुलसी

बोर्डिङमा कक्षा ६ अध्ययन गर्दै आएको पारिवारिक स्रोतले बताएको छ । बालिका कतै भेटिएमा ९८५७८३६६१२ सम्पर्क  गरिदिन आफन्तले आग्रह गरेका छन् । 

प्रतिक्रिया