कपिलवस्तुमा बस दुर्घटना,१० जनाको मृत्यु ३० घाईते

कपिलबस्तु ३ फागुन २०८० ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार १ बजे मध्यरातमा भएको बस दुर्घटनामा १० जानाको मृत्यु भएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले मृतकको संख्या १० जना पुगेको बताएका छन् । यसैगरी सशस्त्र प्रहरी २८ नम्बर गणका प्रमुख जिवनकुमार केसीले पनि

मृतकको संख्या पुष्टि गरेका बताएको छ । महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेकाउक्त बस सुरही खोलामा खस्दा १० जनाको मृत्यु भएको हो।प्रहरीकाअनुसार ३२ जना घाइतेमध्ये ८ जनाको अवस्था गम्भिर छ । सुदुर पश्चिमको सुनौलो महाकाली यातायातले संचालन गरेको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो।चन्द्रौटा देखि

उत्तर १६ किलो मिटर मोडमा दुर्घटना भएको कपिलबस्तुका प्रहरी उपरिक्षक नवरत्न पौडेलल बताएका छन् घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर भएको बताएको छ । घाईतेको उद्धा मा नेपाल र सशस्त्र प्रहरीको टोली राति नै घटना स्थल पुगेको थिए घाईतेहरुलाई उद्धार गरी चन्द्रौटास्थित संजीवनी अस्पताल र आधारभुत स्वास्थ्य के्रन्द्रमा उपचार केन्द्रमा लगाीएको छ ।३३

जना उद्धार गरिएको त्यसमध्ये ९ जनालाई थप बुटवल स्थित चौराहा अस्पतालमा उपचारकालागि पठाइएको प्रहरी उपरिक्षक पौडेलले बताए । मृतक र घाईतेको अझै नाम नखुलेको बताएको छ । बसमा ३ जना गाडी स्टाफ र ३७ जना यात्रु गरी ४० जना सवार रहेको बताएको छ ।

प्रतिक्रिया