तुलसीपुर १९ माघ २०८०, दाङको तुलसीपुर बाट संचालनमा रहेको राप्ती पहिचान डटकम नामक अनलाईन संचारगृहलाई अभिभावकीय शोक परेको छ | दाङ पहिचान अनलाईन खबर प्रा लि का संचालक समितिका सदस्य,संचारगृहका अनुसन्धान अधिकृत तथा आर्थिक ब्यबश्थापन शाखा प्रमुख बिर बहादुर बि क का पुजनिय पिता भिम बहादुर टमटाको अकल्पनीय
मृत्युवरणले संचारगृह लाई शोकाकुल बनाएको हो | बुवालाई २ वर्ष अघी हाइ ब्लड प्रेसरले हाने पछी लगभग अचेत अवश्थामा हुनुहुन्थ्यो आज् अचानक वहाँको निधन भयो बुवाको पार्थिव शरीर लाई आजै अन्त्यस्ती गर्ने तयारी हाम्रो परिवारले गरेका छौं टमटाका छोरा तथा संचारगृहका अनुसन्धान अधिकृत बिर बहादुर बि क ले राप्ती पहिचान डटकम को समाचार डेस्क संगको कुराकानीमा बताए |
यस संचारगृहको अभिन्न अंगको रुपमा रहनु भएका बिर बहादुर बि क का पुजनिय बुवा भिम बहादुर टमटाको दुखद निधनले राप्ति पाहिचान डटकम परिवार लाई मर्माहत बनाएको छ,बुवा प्रती हार्दिक श्रद्वान्जली र शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं राप्ती पहिचान डटकम का प्रकाशक तथा कार्यकारी सम्पादक एग्गे बहादुर बुढा मगर ले समाचार डेस्क लाई
बताए |हामी लाई अपूर्णनीय क्षती भएको छ २०७६ सालमा राप्ती पहिचान डटकम नामक अनलाईन संचारगृह प्रकाशन प्रसारणमा ल्याउन बुवाको अमुल्य योगदान रहेको थियो कार्यकारी सम्पादक बुढाले अगाडी भने |
