तुलसीपुर १३ को जंगलमा झुन्डिएको अवश्थामा महिला र पुरुषको शव फेला

तुलसीपुर, ३ माघ २०८० ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित सानो बखरिया जंगलमा केटा र केटी झुण्डिएको अबस्थामा फेला परेका छन् ।बुधबार अपरान्ह ४ बजेतिर एउटै डोरीमा झुण्डिएको अबस्थामा उनीहरुलाई फेला पारिएको हो । अञ्दाजी २०

बर्षीय केटा र २३ बर्षीया केटी एउटै रुखमा झुण्डिएको अबस्थामा फेला परेका हुन् ।बनमा पात टिप्न गएका स्थानीय ले झुन्डिएको अवश्थामा एक महिला र एक पुरुषको शव देखेपछि दाङको जसपुरमा रहेको अस्थाई प्रहरी चौकी लाई खबर गरेका थिए ।यस विषयमा अनुसन्धान गर्न प्रहरी त्यस तर्फ गएको छ, ईलाका प्रहरी कार्यालय तुलसीपुर् का प्रहरी निरीक्षक नवराज के सी ले राप्ती पहिचान लाई बताए ।

प्रतिक्रिया