राप्ति पहिचान
बाँके १६ असोज २०८०। बाँकेको नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु लगाइएको छ । हिन्दू र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा आज दिउँसो १२ बजेदेखि कर्फ्यू जारी गरिएको हो ।हिन्दूहरुको समूह भेला भएर प्रदर्शनमा उत्रिएपछि झडप हुन सक्ने र सदभाव बिग्रिने संकेत देखिएपछि कर्फ्यू जारी गरिएको
जिल्ला प्रशाशन कार्यालय बाँकेले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने गतिविधि नगर्न आग्रह गरेको थियो ।आज मंगलबार बिहानै नेपालगञ्जमा सामाजिक सद्भावलाई प्रगाढ बनाउने उद्देश्यले विभिन्न धर्मगुरु, जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा पेशकर्मीहरू
सहितको सहभागितामा सद्भाव ¥याली निकालिएको थियो ।तर, सद्भाव र्यालि निकालिएपनि हिन्दु समुदायले नेपालगञ्ज बन्दको आह्वान गर्दै जुलुस निकालेर तोडफोडमा उत्रिएपछि स्थानीय प्रशासनले स्थिती नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यु जारी गरेको हो । हाल बाँकेको अवश्था सामान्य रहेको कुरा हाम्रा समाचारदाता बिर बहादुर बि क ले नेपालगंज बाट बताएका छन्
