माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य रोका द्वारा पार्टी परित्याग।

हिमाल बि क —=====

तुलसिपुर १९ जेस्ठ २०७९, नेकपा माओवादी केन्द्र का एक जना लुम्बिनी प्रदेश कमिटी सदस्य ले पार्टी परित्याग गरेका छन।

उनले २०७९ जेठ १७ गते नेकपा माओवादी केन्द्र का लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बराल लाई राजिनामा बुझाएका हुन। यस्तो गर्नेमा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका सदस्य तथा तुलसिपुर उपमहानगर कमिटीका सह- इन्चार्ज कलिभान रोका हुन।पार्टी भित्र चरम गुटवन्दी परिवारवादी चिन्तन हावी भएकाले आफुले पार्टी परित्याग गर्ने निर्णय गरेको कुरा रोकाले राप्ती पहिचान लाई बताए। २०७९ सालको स्थानिय तहको चुनावमा गठवन्धनको तर्फ बाट

आफुलाइ तुलसिपुर ३ को वडा सदस्यमा टिकट दिएर उमेदवारी दिन लगाए पनी माओवादी केन्द्रका केही नेता हरुले आफु बिरुद्द माओवादी केन्द्रकै तुलसिपुर ३ का वडा सदस्य पोमलाल भटराइ लाई अर्को उमेदवारी दिन लगाएर आफुलाइ

चुनाव हराएको कुरा रोकाले बराल लाई बुझाएको राजिनामा पत्रमा उल्लेख गरेका छन। रोका माओवादी केन्द्र का तुलसिपुर क्षेत्रका प्रभावशाली नेता हुन भने उनको पार्टी परित्याग ले तुलसिपुर क्षेत्रमा माओवादी केन्द्रलाइ असर पर्ने कुरा एक स्थानिय ले बताए। रोका माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य र तुलसिपुर उपमहानगर कमिटीका सह- इन्चार्ज समेत थिए।

प्रतिक्रिया