हिमाल वि क===
नेकपा माओवादी केन्द्र को केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम ले पार्टी परित्याग गरेका छ्न। गौतम ले सोमबार पत्रकार सम्मेलन गरेर आफुले माओवादी केन्द्र छोडेको घोषणा गरेका हुन। उनले माओवादी चरम गुटवन्धीको संघारमा फसेको,पार्टी भित्र परिवारवाद हावी भएकाले आफुले पार्टी छोडेको

बताएका छ्न। एक अर्को प्रसङ्गमा उनले माओवादी अब सर्वहारा वर्गका जनताको पार्टी नभइ हुनेखाने पहुचवालाको पार्टीमा रुपान्तरण भइ सकेको अवश्थामा आफुले यस्तो कदम उठाएको कुरा बताएका छन। अहिले मलाइ घोराही उपमहानगरको मेयरको टिकट नपाएको झोकमा पार्टी परित्याया गरेको आरोप

लगाइएको छ तर त्यस्तो केही हैन बरु माओवादी केन्द्र पार्टी भित्र बिचार र सिद्वान्तमा आधारित राजनितिको देहावसान भएको देखे पछी त्यस्तो पार्टी बाट सर्वहारा वर्ग देश र जनताको भलो नहुने वातावरण बन्दै गए पछी आफुले यस्तो कठोर कदम उठाएको कुरा उनले अगाडी बताए।
