तुलसीपुर, २२ पुस २०७८/मालपोत कार्यालय तुलसीपुरमा बुधवार देखी सेवा प्रभावित भएको छ । कार्यालय तुलसीपुरले विहिवार जारी गरेको सुचना अनुसार भुमि व्यवस्थापन तथा अभिलेख विभागबाट संचालित सिस्टममा समस्या आएपछि सेवा प्रभावित भएको छ । जसले गर्दा विहिवार सम्पुर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख खेमराज शर्माले जानकारी दिनुभयो । कार्यालयको आन्तरिक कार्य बाहेक अन्य सेवा बन्द गरिएको छ । साथै कार्यालय प्रमुख शर्माले सेवा बन्द हुदा सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमा याचना गर्नुभएको छ । उहाका अनुसार यो समस्या दाङ सहित विभिन्न जिल्लामा देखीएको छ ।

बुधवार देखी सिस्टममा आएको समस्या बारे विभागलाई जानकारी गराउदा पनि सेवा सुचारु हुन नसकेको उहाले बताउनुभयो । सेवाग्राहीहरुको भिड लाग्ने मालपोत कार्यालयमा सेवा प्रभावित भएपछि सेवाग्राहीहरुले बुधवार देखी सेवा लिनबाट बन्चित भएका छन् । बुधवार दिनभर सेवा नपाएर फर्किएका सेवाग्राहीहरु विहिवार पनि त्यसै फर्कनु परेको छ । मालपोत कार्यालयमा सेवा लिन जानु भएका यज्ञ बहादुर बढाथोकीले बुधवार देखी कार्यालयका कर्मचारीले सिस्टमले काम नगरेको भन्दै फर्काउने गरेको बताउनुभयो ।

बुधवार पनि  कार्यालयमा गएको थिए उहाले भन्नुभयो, कर्मचारीले आज सिस्टमले काम गरेको छैन भोली आउनुहोला भने। तर आज (विहिवार) जाँदा पनि समस्या उस्तै छ भन्दै सेवा बन्द गरिएको उहाले बताउनुभयो । के कारणले हो सेवा बन्द भएको हो हामीलाई भएन उहाले भन्नुभयो, तर यसरी सर्वसाधारण नागरिकले कति दिन दुख पाउने हो ।

प्रतिक्रिया