जंगली च्याउले खोसीदियो ग्रेट अरनिको स्कुलमा +2 पढ्ने रहर

तुलसीपुर ७ साउन २०८३ बिहिवार | २०७८ साल भदौमा ३० वर्ष को कलिलै उमेरमा आफ्ना श्रीमान कमल पुन लाई गुमाएकी दिपा पुनले आफ्ना श्रीमानले आफ्ना काखमा छोडेर गएका दुई सन्तान १० वर्षका दिपेश र ८ वर्षका निरजको लालन पालन र शिक्षा दीक्षा दिने जिम्मेवारी उठाईन | २०७८ सालमा बुवाको साथ छुट्दा १० वर्षका नाबालक रहेका दिपेश हाल १६ वर्षको

बुवाको मृत्यु भएको ५ वर्ष नपुग्दै आमाले पनी संसार छोडे पछी काज किरिया गर्दै दुई दाजु भाइ १६ वर्षीय दिपेश र १४ वर्षीय निरज |

उमेरमा २०८२ सालको SEE परिक्षामा श्री मा बि प्रतापकोट आम्बास बाट उत्तीर्ण हुन सफल भए भने भाई निरज ले बिरेन्द्र माद्यामिक बिद्यालय भ्युडहर सुनपुर बाट कक्षा ९ मा प्रवेश गरेका थिए | यसै बीच SEE उत्तीर्ण भए संगै उच्च शिक्षा अध्ययनका लागी दिपेश लाई उनकी आमा दिपा पुनले तुलसीपुरमा रहेको ग्रेट अरनिको सेकेण्डरी स्कुलमा +2 पढ्न भर्ना गरिन र दिपेश ले

पढ्न थाले | पढ्दै गर्दा असार ३२ गते दिपेश लाई आफन्तहरुले फोन गरेर आमा बिरामी परेकी र आफु हरुले उनलाई अस्पताल ल्याउँदै गरेको र तिमी छिट्टै अस्पताल आऊ भन्ने जानकारी गराए | आमा बिरामी भएको जानकारी पाउनासाथ दिपेश हतार हतार राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुगे | के भयो आमा भनेर सोध्दा आमाले च्याउको तरकारी खाएकी हुँ च्याउ

आमाको किरिया बसेका १४ वर्षीय निरज पुन |

लाग्यो बाबु मलाई भन्ने जवाफ फर्काईन | बिषालु च्याउ खाएर अवश्था गम्भीर भई सकेकाले राप्ती प्रादेशिक अस्पताल ले दिपालाई घोराही स्थित राप्ती स्वाश्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागी रिफर गर्र्यो | त्यहाँ पनी उनको उपचार सम्भव नभएपछी उनलाई नेपालगंज रिफर गरियो | घोराही बाट नेपालगंज रिफर गरिएकी दिपा पुनले साउन २ गते दिउसो उपचारका

लागी नेपालगंज लैजाँदै गर्दा छोरा दिपेश कै काखमा यो संसार छोडिन | आमा बुवा नै गुमाए पछी अब दिपेश पुन र निरज पुन को लालन पालन र शिक्षा दिक्षाको ब्यबश्था कसले गराईदिने भन्ने अन्यौल सुरु भएको छ | आमा को ज्यान लिएको विषाक्त

आमाको अकल्पनीय मृत्युले छोराको ग्रेट अरनिको बोर्डिंग स्कुलमा + 2 पढ्ने रहर नै खोसीदियो |१५ वर्षीय दिपेश पुन आमाको काज किरियामा |

जंगली च्याउले छोराहरुको अभिभावक र भविष्य समेत खोसेर लगेको छ | मेहनत मजदुरी गरेर दुई छोराहरु लाई पढाई रहेकी आमाले पनी यो संसार छाडे संगै टुहुरा भएका दुई दाजु भाई मध्ये दिपेश पुनको ग्रेट अरनिको सेकेण्डरी बोर्डिंग स्कुलमा

पढ्ने रहर त्यही विषाक्त जंगली च्याउले खोसीदिएको छ | यता दिपेश र निरज दुई दाजु भाईको आँखा बाट आँशुको बलिन्द्र धारा दिन रात एकनासले बगी रहेको देखिन्छ | नचिनेका मानिस सामु नरुने गरेका उनी हरु कोही आफन्त देख्दा बित्तिकै भावबृहल हुने गरी रुन थाल्छन भने अब उनीहरुको शिक्षा दिक्षा लालन पालन कसले गर्ने भन्ने बारे अन्यौल जस्तै भएको छ |

प्रतिक्रिया