तुलसीपुर २ साउन २०८३ शनीवार | दाङको तुलसीपुरमा जंगली च्याउको तरकारी पकाएर खाएका एक जनाको मृत्यु भएको छ | मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ बल्ले निवासी ४० वर्षीय श्रीमती दिपा पुन रहेको कुरा त्यहाँ बाट
बिर बहादुर बुढा मगरले खबर पठाएका छन | असार ३१ गतेका दिन दिउसो जंगल बाट खोजेर ल्याएको च्याउ त्यस गाउँका दुई परिवारका गरी ७ जनाले पकाएर खाएका थिए | च्याउ खाएर बिरामी परेकाहरु तुलसीपुर ३ बल्लेका ७५ वर्षकी दशरथी
पुन,उनका छोरा अन्ताजी ३८ वर्ष का डम्मर बहादुर पुन,सो ही ठाउँका वर्ष ४० की दिपा पुन,सो ही ठाउँ निवासी वर्ष ३६ का तिलक पुन, वर्ष ५ का विपिन पुन,वर्ष १२ का बिबेक पुन र सुमन बुढाथोकी मध्ये ४० वर्षीय श्रीमती दिपा पुनको थप उपचारका
लागी नेपालगन्ज लैजाँदै गर्दा बाटैमा मृत्यु भएको कुरा बुढाले राप्ती पहिचान लाई जानकारी गराए | विषाक्त च्याउ खाएर बिरामी परेका मध्य दशरथी पुन,बिबेक पुन,विपिन पुन र सुमन बुढाथोकी उपचार पछी घर फर्की सकेका छन भने डम्मर बहादुर पुन र
तिलक पुन लाई घरमै सामान्य उपचार गरिएकोमा हाल उनीहरुको स्वाश्थ्य अवश्था सामान्य रहेको कुरा उनका आफन्तले जानकारी दिएका छन |
