स्कुल जान हतारिएका मिनराज कहिल्यै स्कुल नपुग्ने गरी अस्ताए,उनी छुट्टी मनाउन मामा घर आएका थिए

तुलसीपुर १८ जेष्ठ २०८३ सोमवार | सोमवार बिहान करिब साढे ५ बजेको समयमा तुलसीपुर घोराही सडक खण्डको गुल्म चोकमा गड्यांगको आवाज आयो भने आवाज संगै एक महिला चिच्याई रहेको आवाज पनी सुनियो | के को आवाज हो भन्दै गुल्मचोक वरपर घर भएका मानिस हरु घर बाट निस्केर सडकमा आएर हेर्दा एक बालक,एक पुरुष र एक जना महिला

सडकमा ढली रहेको दृश्य देखे भने संगै दुर्घटनामा परी कच्याक कुचुक भएको एउटा मोटरसाईकल र मोटरसाईकल लाई ठक्कर दिने टिप्पर पनी देखे | सडकमा ढलेका मध्ये एक पुरुष र एक बालक बेहोस अवश्थामा थिए भने एक जना महिला होसमै थिइन र हामीलाई बचाउनुस हाम्रा आफन्त हरुलाई फोन गर्दिनुस भन्दै चिच्याई रहेकी थिइन | सडकमा बेहोस अवश्थामा

ढलेका बालक थिए ५ वर्षीय मिनराज नेपाली र उनका बुवा मनोज नेपाली | प्रत्यक्षदर्शीका अनुसार ५ वर्षीय मिनराजको टाउकोमा बाहिर बाटै देखिने गहिरो चोट लागेको देखिन्थ्यो भने मनोज लाई छाती भन्दा तलको अधिकाँस भागमा चोट लागेको र संगै रहेकी एक महिला गम्भीर घाईते अवश्थामा थिइन | यस्तो हृदय विदारक घटना दाङको तुलसीपुरमा टिपरले

मोटरसाइकललाई ठक्कर दिँदा घटेको हो | सोमबार बिहान साढे ५ बजेतिर रा १ ख २१९२ नम्बरको टिपरले रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई गुल्म चोकमा ठक्कर दिएको थियो।तीन जना सवार मोटरसाइकललाई टिपरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो भने अर्की एक महिला गम्भीर घाइते भएकीछिन्।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी

होमबहादुर पराजुलीका अनुसार मोटरसाइकल चालक लमही-५ का ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराजको उपचार क्रममा मृत्यु भएको छ।नेपालगन्जस्थित संजिबनी कलेज अफ मेडिकल साइनसेजमा बिहान ९:४० बजे मिनराज लाई र १०:२ बजे मनोजलाई चिकित्सकले मृत घोषणा गरेका थिए।मनोजकी श्रीमती ३४ वर्षीया अनुसा नेपाली घाइते

छिन्। उनको उपचार भइरहेको डिएसपी पराजुलीले बताए।  डिएसपी पराजुलीका अनुसार उनीहरू बिदा परेकाले तुलसीपुर-६ स्थित ससुराली आएका थिए। आज छोरालाई विद्यालय पठाउनुपर्ने भएकाले उहाँहरू बिहानै घर हिँड्नु भएको रहेछ। केही बेरमै दुर्घटनामा पर्नुभएछ,’ डिएसपी पराजुलीले भने। दुर्घटना लगतै गम्भीर घाइते बाबु छोरालाई तुलसीपुरस्थित राप्ती प्रादेशिक

अस्पताल पुर्याईएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बाँकेको नेपालगंज स्थित संजिबनी कलेज अफ मेडिकल साइनसेजमा रिफर गरिएको थियो। प्रहरीका अनुसार सुरुमा छोरालाई र त्यसपछि बाबुलाई बाँकेको नेपालगंजका लागि रेफर गरिएको थियो ।टिपर चालकलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा राखिएको छ। घटना बारे थप

अनुसन्धान भई रहेको बारे जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले बताए। स्कुल जान आतुर ५ वर्षीय मिनराज नेपाली आफु अध्ययनरत स्कुल सम्म कहिल्यै नपुग्ने गरी अस्ताए भने छोरालाई समयमै स्कुल पुर्याउन हिंडेका बाबु मनोज नेपाली पनी छोराको स्कुल सम्म कहिल्यै नपुग्ने गरी अस्ताए | सो ही घटनामा गम्भीर घाइते भएकी ५ वर्षीय मिनराज की आमा र मनोज नेपाली का श्रीमती अनुषा नेपाली अस्पतालको शैयामा मृत्यु संग लडी रहेकी छिन |

प्रतिक्रिया