मालपोत कार्यालय तुलसीपुर बाट ८ जना पक्राउ,बिचौलिया भएको आरोप

तुलसीपुर, २२ चैत्र २०८२ आईतवार। मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा ८ जना पक्राउ परेका छन् ।ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटी गएको प्रहरी टोलिले उनिहरुलाई कार्यालय परिसरबाट करिब १२ बजे तिर पक्राउ

गरेको हो ।यता ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरिएको कुरालाई पुष्टि गरेको छ । सेवा ग्राहीको लेखापढी काम आफ्नै कार्यालयमा बसेर गर्नुको साटो कार्यालयका प्रत्येक फाँटफाँटमा गएर फाइल पु¥याउने काम गरेकाले पक्राउ गरिएको

डिएसपी होम बहादुर पराजुलीले बताउनुभयो। यसै सम्बन्धमा हामीले लेखापढी समितीका अध्यक्ष बिनोद न्यौपाने लाई फोन गरेर प्रतिक्रिया माग्दा सेवकराम आचार्य,निमकान्त लामिछाने,प्रमोद अधिकारी,प्रदिप कुमार रेग्मी,माधव प्रसाद

भण्डारी,बिनिराम बस्नेत,अरुण चौधरी र राम बहादुर चौधरी लाई बिचौलियाको आशंकामा मालपोत कार्यालय तुलसीपुरको परिसर बाट प्रहरीले पक्राउ गरी लगेको कुरा राप्ती पहिचान लाई जानकारी दिए |

प्रतिक्रिया