पक्राउ परे काठमाडौंका पुर्व-प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल

काठमाडौंका १७ चैत्र २०८२ मंगलवार | काठमाडौं जिल्लाका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल मंगलबार बिहान पक्राउ परेका छन् | काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले उनलाई पक्राउ गरेको हो।उनलाई

सुविधानगर स्थित आफ्नै घर बाट पक्राउ गरिएको कार्यालयका एस एस पी सन्तोष खड्काले जानकारी दिए। भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा उनी काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए। जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस

अनुसार अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो। आयोगले मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अनुसार हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा अनुसन्धान र अभियोजन गर्न सिफारिस गरिएको थियो। हेलचेक्र्याइँ गरी ज्यान मार्न

नहुने कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्। रिजाल लाई लगाईएको आरोप अदालत बाट ठहर भएमा उनले कम्तीमा तिन वर्ष कैद सजाय भोग्ने छन् | 

प्रतिक्रिया