तुलसीपुर, १६ चैत २०८२ शोमवार। दाङको बबई गाउँपालिका वडा नं. ३ स्थित बनमा एक किशोरी मृत भेटिएकी छन्।साथीको जन्मदिन मनाउन भनि १२ चैतमा घरबाट निस्केकी बबई ३ सल्लीकोट निवासी १४ बर्षीय अनु खत्री सोही स्थानको भ्यूटावर नजिकै रहेको बनमा मृत भेटिएकी हुन् ।जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार सोमबार विहान १० बजेतिर प्रहरीले शव फेला पारेको हो । उनको शवलाई पोष्ट मार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याईएको छ। परिवारले घटना शंकास्पद भएकाले सत्यतथ्य छानविनको माग गरेका छन् । प्रहरीले पनी यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
