दाङमा मोटरसाईकल दुर्घटनामा परी एक को ज्यान गयो,एक गम्भीर घाईते

दाङ १३ चैत २०८२ शुक्रवार | दाङमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् | घोराही उपमहानगरपालिका–१०, सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा उक्त घटना भएको कुरा दाङ प्रहरीले जानकारी दिएको छ | जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार घोराही–१२ का ३० वर्षीय बेलबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो।दुर्घटनामा परी गम्भीर घाईते भएका मोटरसाइकल चालक घोराही–१० निवासी धनबहादुर घर्तीको हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया