तुलसीपुर ५ चैत्र २०८२ बिहिवार | दाङको तुलसीपुरमा टिप्परले स्कुटरलाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ | मृत्यु हुनेमा तुलसीपुर ९ बेलुवा निवासी ४९ वर्षीय पुष्पा कँडेल रहेको कुरा प्रहरीले जानकारी दिएको छ | मृतक कंडेलका पती दुर्गा कंडेल ले चलाएको रा ७ प ६३३१ नम्बरको स्कुटरलाई रा १ ख २३०८ नम्बरको पश्चिम बाट पुर्व तर्फ गइ रहेको टिप्परले
तुलसीपुर ९ चमीखोला नजिक ठक्कर दिंदा स्कुटरमा सवार पुष्पा कंडेलको मृत्यु भएको हो | ठक्कर दिने टिप्पर र चालक लाई प्रहरीले नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान गरी रहेको कुरा प्रहरीले जनाएको छ | घटना पछी आक्रोशित मृतकका आफन्त हरुले तुलसीपुर देखी पश्चिम सडक झन्डै ३ घण्टा अवरुद्द गरेका थिए | यसै बीच ईलाका प्रहरी कार्यालय तुलसीपुरले टिप्पर चालक पक्राउ परी
सकेको जानकारी र दोषी लाई कडा कार्वाही गर्ने प्रतिवद्दता जनाएपछी मृतकका पती र छोराको रोहबरमा घटना स्थल बाट शव उठाईएको छ भने शव हाल राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ |
