श्रम संस्कृती पार्टीको नगर अध्यक्षमा न्यौपाने

तुलसीपुर ३० फागुन २०८२ शनिवार |श्रम संस्कृती पार्टीले दाङ जिल्लामा संगठन बिस्तार गर्ने अभियानलाई तीव्रता दिन थालेको छ | धरान उपमहानगरपालिकाका पुर्व नगर प्रमुख समेत रहेका हर्कराज राई उर्फ हर्क साम्पांङले नेतृत्व गरेको उक्त पार्टीले दाङ जिल्लामा संगठन बिस्तार गर्ने कार्यलाई तीव्रता दिन थालेको हो | श्रम नै देश बिकासको पहिलो आधार भएको नारा

सहित भर्खर मात्रै दर्ता भएर अस्तित्वमा आएको उक्त पार्टीले गएको फागुन २१ गते भएको प्रतिनिधी सभा निर्वाचनको परिणाम अनुसार ठुला र पुराना राजनीतिक दल हरुलाई आफ्नो अस्तित्व जोगाउन हम्मे हम्मे परेकाबेला प्रत्यक्ष तर्फ ३ सिट र समानुपातिक तर्फ ४ सिट गरी ७ सिटमा आफ्नो जित दर्ज गरेको छ |श्रम संस्कृती पार्टीका लुम्बिनी प्रदेश समितीका सह-सचिव

टोप बहादुर महतरा का अनुसार हाल लाई मधुकर न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय तुलसीपुर नगर समिती गठन गरिएको छ | हाम्रो पार्टीले मधुकर न्यौपाने अध्यक्ष रहेको ११ सदस्यीय तुलसीपुर नगर समिती गठन गरेको छ महतराले राप्ती पहिचान डटकम सँगको कुराकानीमा भने | त्यसै गरी नगर समितीको उपाध्यक्ष हरुमा बिष्णु कुमारी के सी र एकराज बिक रहेका छन्

भने सचिव पदमा जिबन चौधरी,सह-सचिव पदमा बल बहादुर खडका कोषाध्यक्षमा कमल डाँगी सह-कोषाध्यक्षमा मोहन बिक लाई चयन गरिएको छ | यसै गरी समितीको सदस्यहरुमा प्रकाश बुढा,रिसिता जि सी राम बहादुर बि क पार्वती चौधरी र गीता कुमारी बिष्ट लाई चयन गरिएको कुरा महतराले हामी संग अगाडी भने |

प्रतिक्रिया