तुलसीपुर २८ फागुन २०८२ बिहिवार | श्रम संस्कृती पार्टीको तुलसीपुर नगर समिती बिधीवत रुपमा गठन हुने भएको छ | धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हर्क साम्पांङ राई अध्यक्ष रहेको उक्त पार्टीले फागुन ३० गते तुलसीपुरमा श्रमदाता हरुको समिती गठन गर्न लागेको हो | श्रम मार्फत देशको बिकास र समृद्दीमा जोडिन चाहने ईच्छुक हरुलाई यस
अभियानमा जोडिन आव्हान गरिएको छ | गएको फागुन २१ गते भएको प्रतिनिधी सभा सदस्यको निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट उक्त पार्टी बाट प्रत्यक्ष तर्फका उमेदवार तथा श्रम संस्कृती पार्टीका लुम्बिनी प्रदेश समितीका सह-सचिव टोप बहादुर महतराले आफ्नो फेशबुक वालमा पोस्ट लेख्दै श्रमदाता हरुको तुलसीपुर नगर समिती गठन हुन लागेको जानकारी गराएका
छन | पुराना पार्टीका नेता कार्यकर्ताले जनअभिमत गुमाउदै गएको बेला २०७९ को स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरका नागरिकले सामपांङ लाई विकल्पको रुपमा धरान नगरको मेयर पदमा अभिमत द्वारा निर्वाचित गराएका थिए | आफुले चुनाव जितेमा वर्षौं देखी काकाकुल धराने लाई पानी खुवाउने वाचा गरेका राई निर्वाचित भएको तेस्रो दिन देखी धरानका
बिभिन्न खोलामा आफै पुगी खानेपानीको श्रोत खोजी गरेर श्रमदान र आर्थिक दान जुटाएर धराने लाई पानी खुवाउन सफल भएका थिए | काकाकुल धराने नागरिकको धारामा पानी आउन थालेपछी साम्पांङले धराने जनताको बिश्वास मात्रै जितेनन देशै भरी उनको चर्चा सुरु भएको थियो | भाषन गरेर जनता कजाउने परम्परागत राजनितीको बिरुद्द उत्रेका राईले २०८२ को
निर्वाचन आउनु अघी श्रम संस्कृती पार्टी गठन गरेर चुनावमा होमिने निर्णय गरेका थिए | स्थापना भएको ७ महिना पछी भएको प्रतिनिधी सभा निर्वाचनमा उनको पार्टीले प्रत्यक्ष तर्फ ३ सिट र समानुपातिक तर्फ ४ गरी ७ सिटमा बिजयी प्राप्त गरेको छ | हाल
हाम्रो तुलसीपुर नगर श्रमदाता समिती २५ सदस्यीय गठन हुन्छ श्रम संस्कृती पार्टीका लुम्बिनी प्रदेश समितीका स-सचिव महतराले राप्ती पहिचान डटकम लाई जानकारी दिए | तुलसीपुरको द पार्क क्याफे मा कार्यक्रम आयोजना गरेका छौं उनले अगाडी भने |
