अझै मतदान सुरु हुन् सकेन,नागरिकले मतदान बहिष्कार गर्ने घोषणा गरेका थिए

दाङ जिल्लाको निर्वाचन क्षेत्र नं. ३ अन्तर्गतको बबई गाउँपालिका १ को केही मतदान केन्द्रमा अझै मतदान सुरु भएको छैन।बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्रीले बबई १ को गंगटे,भाङोबारीमा भने मतदान सुरु भएको छ भने वडा नं. १ को जनता आधारभूत बिद्यालय ज्युला र वडा नम्बर ७ को देउती मा बि तल्लो मलई मा भने मतदान सुरु हुन नसकेको कुरा बताए।

दाङ क्षेत्र नं. ३ का निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजालीका अनुसार वडा नं. १ को जिला मतदान केन्द्रमा ८८२ मतदाता छन्।निर्वाचन अधिकृत सिंजालीले बबई ७ तल्लो मलईमा पनि हालसम्म मतदान सुरु हुन नसकेको बताए। यहाँ ५३० जना मतदाता छन्। अहिले पनि छलफल जारी छ,’ सिंजालीले भने, ‘स्थानीय दलका प्रतिनिधि र सर्वसाधारणलाई सम्झाइ बुझाइ गर्ने प्रयास भइ

रहेको छ।’उनीहरुले बुधबार पनि मतदान गराउन खटिएका कर्मचारीसँग छलफल तथा समन्वय गर्न मानेका थिएनन्।हाम्रो तर्फबाट सबै तयारी पुरा छ,’ निर्वाचन अधिकृत सिंजालीले भने,‘ हाम्रा कर्मचारी मतपेटिका कुरेर बस्नु भएको छ तर अहिलेसम्म २ वडामा मतदान हुन सकेको छैन।’यो क्षेत्र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र हो वन्यजन्तु र मानिस बीचको बढ्दो द्वन्द्वका

कारण स्थानीयले पुर्नर्बास अर्थात बस्ति स्थान्तरणको माग गर्दै आएका छन्।यहाँका स्थानीय मतदाताले जस्ले आफूहरुलाई बन्य जन्तुबाट सुरक्षित वा अन्यत्र स्थान्तरण गर्न भूमिका खेल्छ उसैलाई मात्रै मत दिने र अन्यथा मतदानमै सहभागी नहुने भनेर माग राखेका छन अध्यक्ष खत्रीले राप्ती पहिचान संगको कुराकानीमा अगाडी भने। उनी हरुको माग अनुसार स्थानीय सरकारले हल

गर्न नसक्ने खालको भएकाले पनी मैले केही गर्न नसक्ने अवश्था छ भने मेरो स्थानीय सरकारले हल गर्न मिल्ने भए म त तत्काल उनीहरुको माग सम्बोधन गर्न तयार छु खत्रीले फेरी भने |’वन्य जन्तु प्रभावित स्थानीयले ‘नो– भोट’ भन्दै आएका छन | मतदान बहिष्कार गरेका मतदान स्थल मध्य जनता आधारभूत बिद्यालय ज्यूलामा रहेको मतदान स्थल सुरक्षाको दृष्टिकोणले पनी दाङ जिल्लाको अतीसंवेदनसिल मतदान स्थलमा पर्दछ |

प्रतिक्रिया