दाङमा होलीको रंग पखाल्न तालमा पसेका एक जनाको डुबेर मृत्यु

दाङ, १९ फागुन २०८२ मंगलवार | दाङमा होलीको रंग पखाल्न तालमा गएका एक जनाको डुबेर मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित गगटैया तालमा मंगलबार डुबेर अन्दाजी १५ वर्षीय दिवस बुढा मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी रेशम बोहराका अनुसार घोराही–१६ ठोक्रिया बस्ने मगर दिउँसो होली खेलेर पौडी खेल्ने क्रममा तालमा बेपत्ता भएका थिए । खोजतलास गर्दा बेलुका मृत अवस्थामा फेला परेको उनले जानकारी दिएका छन |

प्रतिक्रिया