सुत्केरी आमा र बच्चा बचाउन झोला बोकेर दौडिईन स्वास्थ्यकर्मी बिनिता बिष्ट,”बाजुरा”

बाजुरा १५ कार्तिक २०८२ शनिवार |कार्तिक १४ गते शुक्रवार बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ७ झालीमा कार्यरत एक स्वाश्थ्यकर्मी बिनीता बिष्ट पिठ्युमा झोला बोकेर हस्याङ फस्याङ गर्दै स्वाश्थ्य चौकी झाली बाट निस्किईन र सिमलकोट तर्फ दौडिईन | झन्डै ४५ मिनेट दौडे पछी उनी सुत्केरी ब्यथा बाट बाटोमै असरल्ल जस्तै परेकी सिमलकोटकी सिर्जना केसी

बाटोमै सुत्केरी सेवा दिंदै बाजुरा बुढीगंगा न पा झाली स्वास्थ्यचौकीमा कार्यरत बिनिता बिष्ट

भएको ठाउँमा पुगिन र आफ्नो पिठ्युमा बोकेको झोला बाट सुत्केरी गराउन काम लाग्ने स्वाश्थ्य सामग्री झिकेर तुरुन्तै आफ्नो काममा लागीन | उनी त्यहाँ पुग्दा रगताम्य सुत्केरी आमा बीच बाटोमै ढली रहेकी थिईन भने संगै नवजात बच्चा पनी बाटोमै थिए त्यहाँ न अस्पताल थियो न आईसियु बेड सेवा थियो न बच्चाका लागी एनआईसियु बेड सेवा उपलब्ध थियो | तर पनी झाली

स्वाश्थ्य केन्द्रमा कार्यरतअनमी बिनिता बिष्टले आफुले जाने सिके जतीको सिप र मेडिकल एक्विप्मेंट र औषधीको सहयोगमा आमा र बच्चाको ज्यान जोगाउन सफल भईन र त्यहीं सालनाल गरेर आमा र बच्चा लाई केही घण्टा आफ्नो निगरानीमा राखेर घर पठाईदिईन | सुदुर पश्चिम प्रदेश की सुत्केरी आमा सिर्जना के सी को लागी त्यो दिन भगवान दाईना भएकाले पनी उनलाई

केही भएन भने सुदुर पश्चिमको बाजुराका लागी यस्तो कुरा सामान्य लागे पनी सुविधा सम्पन्न दाङ जिल्लावासीका लागी यो समाचार पश्चिम बाट सुर्य उदाए सरह हो | धेरै लामो कथा ब्यथा सहित वर्णन नगरे पनी बिनिता बिष्ट जस्तो स्वाश्थ्यकर्मीको योगदान नै बाजुरा जस्तो दुर्गम ठाउँको सब भन्दा ठुलो र धेरै सेवा प्रदान गर्ने अस्पतालको रुपमा स्थापित छ | यही बिषयमा

हामीले बुढीगंगा नगरपालिका कार्यालयमा कार्यरत हेल्थ असिष्टेन्ट राजेन्द्र बहादुर बुढालाई फोन गरेर तपाई हेल्थ असिष्टेन्ट रहेको उक्त नगरपालिका को वडा नम्बर ७ सिमलकोटमा एक महिला बाटोमै सुत्केरी भएको कुरा सामाजिक संजालमा भाईरल भएको छ बाटोमै सुत्केरी हुनुपर्ने अवश्था किन आयो भनेर प्रश्न सोध्दा बुढीगंगा नगरपालिकाको दुर्गम गाउँ हरुमा यस्ता घटना

बाजुरा बुढीगंगा नगरपालिका कार्यालयमा कार्यरत हेल्थ असिस्टेन्ट राजेन्द्र बहादुर बुढा |

बेलाबखत हुने गरेको कुरा बताए | जनचेतनाको कमी पनी भन्नुपर्छ की गर्भवती महिला हरुको अभिभावक हरुले समयमै स्वाश्थ्य केन्द्र नल्याउने र व्यथाले एकदमै च्यापे पछी मात्रै स्वाश्थ्य केन्द्र ल्याउने भएकाले पनी यस्तो हुने गरेको कुरा बताए | तपाई हरुले स्वाश्थ्य सम्बन्धी जनचेतना नागरिक सम्म पुर्याउन नसकेका कारण यस्तो हुन गयो भन्न मिल्छ की मिल्दैन भन्ने हाम्रो

प्रती प्रश्नमा दुर्गम क्षेत्र र जनशक्तीको अभावका कारण हजुरले भने जस्तो कारण पनी हुनसक्छ तर त्यो नै मुख्य कारण होइन बुढाले राप्ती पहिचान संगको कुराकानीमा बताए | आफन्त हरुले सिर्जना के सी लाई स्वास्थ्य चौकी लिदै गर्दा घर नजिकै बाटोमा व्यथा लागेको थियो । आफन्तले सिमलकोट आधारभुत स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी लाई खबर गरेका थिए । खबर पाए

लगत्तै अनमी बिनिता बिष्ट दौडेर त्यहाँ पुगेकी थिइन् |आफु पुगिसक्दा बच्चा भइसकेको थियो साल निकालेर सालनालको व्यबस्थापन गरे । चेकजाँच गर्दा बच्चा र आमाको अवस्था राम्रो नै थियो बिनिता बिष्ट ले बाजुरा जिल्लाको मार्तडी बाट संचालनमा रहेको बडीमालिका खबर डटकम संग कुरा गर्दै बताएकी थिईन | यता यही बिषयमा हामीले बुढीगंगा नगरपालिका को वडा

नम्बर ७ का वडा अध्यक्ष भवन सिंह के सी लाई फोन गरेर तपाईका वडाका आमा हरुले कहिले सम्म सडकमा सुत्केरी हुनुपर्ने हो ? भनेर सोधनी गर्दा हाम्रो ठाउँमा सके सम्म घरमै सुत्केरी गराउने चलन चल्ती छ औधी अप्ठेरो भएपछी मात्रै स्वाश्थ्य केन्द्र वा अस्पताल लैजाने चलन भएकाले पनी यस्ता घटना हुने गरेको कुरा बताए | के गर्ने सके सम्म हामीले नागरिक लाई राज्यले

प्रदान गर्दै आई रहेका स्वाश्थ्य लगायत सबैखाले सेवा सहज र सुलभ रुपमा उपलब्ध गराउने गरी काम गरी रहेका छौं तर पनी कहिले काँही प्रथा वा पुरानो चलन पनी हाम्रा अगाडी यस्तै तरिकाले वाधक बनेर आईदिंदा सिर्जना के सी जस्तो आमाले बाटोमै बच्चा जन्माउने गरेका छन वडा अध्यक्ष के सी ले अगाडी भने | बिनिता बिष्ट सिमलकोट आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत

अनमी हुन् । अहिले उनी स्वास्थ्य संस्थामा एक्लै कार्यरत छन् । आफन्तले बोकेर स्वास्थ्य संस्था पुगाउन नसक्ने भनेपछि सुत्केरी गराउने आवश्यक सामान बोकेर सुत्केरी ब्यथाले थलिएकी सिर्जना रहेको ठाउँमा पुगेको हुँ उनले वताईन् । मानवीय नाताले आफु बाटोमै गएर सुत्केरी सेवा दिएको र नवजात शिशु तथा सुत्केरी आमाको ज्यानको रक्षा गरेको कुरा बिनिता बिष्ट

बताउछिन। सिर्जना जस्तै बाजुरामा धेरै आमाले बाटो, मेलापात र घरमा बच्चा जन्माउने गरेका,त्यही सिलसिलामा कती आमाले अकालमै ज्यान गुमाएका समाचार बेला बखत आई रहने गरेका छन् |

प्रतिक्रिया