फुट्यो विपलव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी

काठमाडौं १४ कार्तिक २०८२ शुक्रवार | नेत्रविक्रम चन्द { विपलव } नेतृत्वको नेकपा बिभाजन भएको छ | पार्टीका पोलिटब्युरो सदस्य चिरन पुन उर्फ चिरन सी को नेतृत्वमा ५७ सदस्यीय छुट्टै केन्द्रीय समिती गठन भए पछी आधिकारिक रुपमा नेकपा

विभाजित हुन् पुगेको हो | पार्टीको नाम र केन्द्रीय समिती सदस्य हरुको नाम सार्वजनिक नगरिए पनी विपलव नेतृत्वको नेकपा विभाजन भएको कुरा उक्त पार्टीका दाङ जिल्लाका एक जना जिम्मेवार नेता ले नाम नबताउने शर्तमा राप्ती पहिचान संगको

कुराकानीमा पुष्टी गरे | नेकपा फुटेकै हो त्? भन्ने हाम्रो प्रश्नमा पार्टी फुटेको भन्न मिल्दैन तर केही मान्छे ले पार्टी छोडेर गएको कुरा साँचो हो उनले भने | दाङ बाट को को नेता नयाँ पार्टी तर्फ जाने भए त्? भन्ने हाम्रो थप प्रश्नमा त्यस्तो अहिले नै भन्न त्यती

ठिक नहुने कुरा उनले थपे | बागलुङ जिल्ला स्थायी घर भएका चिरन पुनले यस अघी पनी पार्टीको पोलिटब्युरो बैठक हरुमा फरक मत दर्ज गराउंदै आएका थिए नेकपा दाङकै अर्का नेताले पनी नाम नबताउने शर्तमा हामीलाई बताए | विपलव नेतृत्वको नेकपा ले वैज्ञानिक समाजवाद र साम्यवादको बाटो को विचारधारा अंगालेर पार्टी संचालन गर्दै आईरहेको छ |

प्रतिक्रिया