रुकुम पश्चिम, ७ कात्तिक । रुकुम पश्चिमको झारमारेमा जिप दुर्घटना हुदा ८ जनाको मृत्यु भएको छ भने अन्य ५ जना गम्भीर घाइते भएका छन् । अहिले घटना स्थलमा उद्धारको काम चलिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

अहिलेसम्म ८ जनाको शव फेला परेको र ५ जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खलङ्गाबाट स्यालाखदीतर्फ जादै गरेको रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट
गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमा झारमारेमा दुर्घटना भएको हो । गाडी चालक टोपजंग बुढा रहेको र उहाँ गम्भीर घाइते रहेको बताइएको छ । मृतक र अन्य घाइतेहरुको परिचय खुलेको छैन । जिपमा सिट क्षमता भन्दा धेरै यात्रु रहेको बताइएको छ ।।
