
तुलसीपुर ३० असोज २०८२ बिहिवार | नेपाल तरूणदल तुलसीपुर नगर कमिटीले इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिन जोशीको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।नेपाल तरुण दल तुलसीपुर नगर कमिटी द्वारा आयोजना गरिएको उक्त दीप प्रज्वलन कार्यक्रम तुलसीपुरको

बी.पी.चोकमा सम्पन्न भएको हो। कार्यक्रममा उपस्थित वक्ताहरूले विपिन जोशीको निधनले सम्पूर्ण नेपाली विद्यार्थी समुदायलाई गहिरो दुःख पु-याएको बताएका थिए।कार्यक्रमका प्रमुख अतिथि युवा नेता केशव राज आचार्यले जोशीको आत्माको चिरशान्तिको कामना गर्दै स्वदेश तथा विदेशमा रहेका नेपाली
विद्यार्थीको सुरक्षाप्रति सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो।त्यस्तै कार्यक्रमको अध्यक्षता नेपाल तरुण दल तुलसीपुर नगर समितिका अध्यक्ष कमल घर्तीले गर्नुभएको थियो।उनले युवा पुस्तामाथि परेको यो क्षतिले समाजमा उत्पन्न भएको पीडा गहिरो भएको उल्लेख गर्दै एकताबद्ध भएर प्रदेशिएका युवाको हकहितका
लागी सबैले आवाज उठाउन आग्रह गरेका छन । साथै विपिन जोशीको शव नेपाल ल्याउन सरकारले यथाशिघ्र पहल गर्न पनि घर्तीले सरकारलाई आग्रह गरेका छन ।कार्यक्रममा स्थानीय युवा, विद्यार्थी, सामाजिक अभियन्ता तथा दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।सबैले दीप प्रज्वलन गर्दै विपिन जोशी प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।